होमोफोबिया,बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस रुपन्देहीमा पनि मनाइयो

साहसी कदम नेपालद्वारा सरोकारवालाहरुसंग अन्तरक्रिया

उर्मिला यादव यात्री , ४३०  पटक हेरिएको

भैरहवा, जेठ ५

साहसि कदम नेपालले होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको छ । हरेक वर्ष मे १७ मा विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउने यो दिवस शुक्रबार साहसी कदम नेपालले सरोकारवालाहरु संग अन्तरक्रिया गरी मनाएको छ । साहसि कदम नेपालका अध्यक्ष आनिक रानाको संयोजकत्वमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले यौनिक तथा अल्पसंख्यक समुदायका अधिकारलाई राज्यले समेटन नसकेको गुनासो गरेका छन । उनीहरुले लेस्बियन, समलिंगी, उभयलिंगी, ट्रान्सजेण्डर,इन्टरसेक्स र अलैंगिक ब्यक्तिहरुको अधिकार संरक्षणमा कठिनाइ देखिएको बताएका छन ।
कार्यक्रममा बोल्दै साहसि कदम नेपालका अध्यक्ष रानाले फरक यौनिकता र लैंगिकताकै कारण यो समुदायले भोग्दै आइरहेको असमानता, हिंसा, चुनौती, कष्टकर भोगाई र कठिन परिस्थितिप्रति सरोकारवालाको ध्यानाकर्षण गर्न उक्त दिवस मनाइएको बताउनु भएको छ ।


उहाले साहसि कदम नेपालले यौनिक तथा अल्पसंख्यक समुदायका अधिकारका लागी काम गर्दै आएको र यो लडाइ निरन्तर चलिरहने बताउनु भएको छ । उहाले नेपालका यौनिक तथा लैगिंंक अल्पसङ्ख्यक समुदायको मानव अधिकारको संरक्षण तथा सम्वद्र्धन गर्ने तथा उनीहरूलाई सम्मानित जीवन जिउन सामाजिक, सांस्कृतिक, आर्थिक, कानूनी तथा राजनैतिक अधिकार सहितको समतामूलक समाज निर्माण गर्ने उद्देश्यले यो संस्था बि.स. २०७६ सालमा स्थापना भएको जानकारी दिनु भएको छ ।

कार्यक्रममा नमुना एकीकृत बिकास परिषदका कार्यक्रम संयोजक सुमितराज भण्डारी, एनएपिएनका प्रदेश संयोजक अर्जुन ज्ञवाली, एलपिएचका फोकलपर्सन भिम ज्ञवाली, एएचएफ नेपालका प्रदेश संयोजक धर्मराज भटटराइ लगायत बोल्दै साहसी कदम नेपालसंग सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो ।

यस्तै गरी साहसि कदम नेपालले होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा साहसि युवा संजाल गठन गरेको छ । रेशम न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिती गठन गरिएको हो । जसको उपाध्यक्षमा रिना मगर, कोषाध्यक्षमा रोजमगर, सचिवमा उर्मिला यादव, सहसचिवमा चिजा दमाइ रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा बिवेक पंगेनी,संदिप ज्ञवाली, मुस्कान सुनार, लक्ष्मण पुन, तमन्ना गुरुंग ,र अर्जुन खनाल रहनु भएको छ ।
नवगठित कार्यसमितीलाई साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा बोल्दै संजालका अध्यक्ष रेशम न्यौपानेले नवगठित कार्यसमितीलाई बधाइ दिदै यो संजालले युवा वर्गको आवाजलाई अगाडी बढाउदै लैजाने बताउनु भएको छ । जहा दुख छ त्यहा साहसि युवा संजाल पुग्छ भन्ने नाराका साथ काम गर्ने उहाले प्रतिबद्धता समेत गर्नु भएको छ । अध्यक्ष न्यौपानेले यो संजालले निस्वार्थ रुपमा रहेर समाज रुपान्तरणका लागी सक्रिय भएर हातेमालो गर्दै अगाडी बढने बताउनु भएको छ ।


यस्तै गरी साहसि कदम नेपालका अध्यक्ष आनिक रानाले नवगठित कार्यसमितीलाई बधाइ तथा शुभकामना दिदै संजाललाई बिस्तार गर्दै लैजान आग्रह गर्नु भएको छ । उहाले हरेक वर्ग,समुदायलाई जोडदै सम्पुर्ण युवा वर्गको आवाज बन्नेमा बिश्वस्त भएको उल्लेख गर्नू भयो । अध्यक्ष रानाले अब आफनो जिम्मेवारीको एउटा सिढी युवामा हस्तान्तरण गरेकोले अझै सशक्त भएर काम गर्न आग्रह गर्नु भएको छ । यस्तै गरी नवगठित सचिव उर्मिला यादव, सदस्य बिवेक पंगेनी लगायतले बोल्दै नवगठित समितीलाई एकतामा रहेर काम गर्न आग्रह गर्नु भएको थियो भने कार्यक्रम संचालन साहसी कदम नेपालका आर्थिक तथा बित्तीय ब्यवस्थापक सुरज थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०५-१८ , समय : १३:५०:२१ , ८ महिना अगाडि