रुपन्देहीमा साहसि युवा संजाल गठन, अध्यक्षमा रेशम न्यौपाने

रुपन्देही खबर , ४२९  पटक हेरिएको

भैरहवा, जेठ ४

साहसि कदम नेपाल मातृसंस्थाको आयोजनामा शुक्रबार साहसि युवा संजाल गठन गरिएको छ । रुपन्देहीको तिलोत्तमा ३ शंकरनगरमा एक कार्यक्रमका बिच रेशम न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिती गठन गरिएको हो । जसको उपाध्यक्षमा प्रकाश मगर (रिना मगर), कोषाध्यक्षमा बलजित थापा (रोजमगर), सचिवमा उर्मिला यादव, सहसचिवमा चिजा दमाइ रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा बिवेक पंगेनी,संदिप ज्ञवाली, कमल सुनार मुस्कान,लक्ष्मण पुन, प्रदिप गुरुंग तमन्ना,र अर्जुन खनाल रहनु भएको छ ।

नवगठित कार्यसमितीलाई साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा बोल्दै संजालका अध्यक्ष रेशम न्यौपानेले नवगठित कार्यसमितीलाई बधाइ दिदै यो संजालले युवा वर्गको आवाजलाई अगाडी बढाउदै लैजाने बताउनु भएको छ । जहा दुख छ त्यहा साहसि युवा संजाल पुग्छ भन्ने नाराका साथ काम गर्ने उहाले प्रतिबद्धता समेत गर्नु भएको छ । अध्यक्ष न्यौपानेले यो संजालले निस्वार्थ रुपमा रहेर समाज रुपान्तरणका लागी सक्रिय भएर हातेमालो गर्दै अगाडी बढने बताउनु भएको छ ।
यस्तै गरी साहसि कदम नेपालका अध्यक्ष आनिक रानाले नवगठित कार्यसमितीलाई बधाइ तथा शुभकामना दिदै संजाललाई बिस्तार गर्दै लैजान आग्रह गर्नु भएको छ । उहाले हरेक वर्ग,समुदायलाई जोडदै सम्पुर्ण युवा वर्गको आवाज बन्नेमा बिश्वस्त भएको उल्लेख गर्नू भयो । अध्यक्ष रानाले अब आफनो जिम्मेवारीको एउटा सिढी युवामा हस्तान्तरण गरेकोले अभैm सशक्त भएर काम गर्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी नवगठित सचिव उर्मिला यादव, सदस्य बिवेक पंगेनीले नवगठित समितीलाई एकतामा रहेर काम गर्न आग्रह गर्नु भएको छ । कार्यक्रममा नमुना एकीकृत बिकास परिषदका कार्यक्रम संयोजक सुमितराज भण्डारी, एनएपिएनका प्रदेश संयोजक अर्जुन ज्ञवाली, एलपिएचका फोकलपर्सन भिम ज्ञवाली, एएचएफ नेपालका प्रदेश संयोजक धर्मराज भटटराइ लगायत साहसी कदम नेपालका सम्पुर्ण पदाधिकारी तथा सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-१७ , समय : १७:३२:२३ , ६ महिना अगाडि