भैरहवा गाउ टोलसुधार समितीद्धारा भैरहवामा दीप प्रज्वलन

उर्मिला यादव यात्री , १८९  पटक हेरिएको

भैरहवा, जेठ २

भैरहवा गाउ टोल सुधार समिती सिनपा ७ रुपन्देहीले आज दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । क्रिकेटर संन्दिप लामिछाने बलात्कार मुद्धामा सफाइ पाए संगै अब बिश्वकप खेल्ने खुसीमा भैरहवा गाउ टोल सुधार समितीले आज एक कार्यक्रमका बिच दिप प्रज्वलन गरेको हो ।

भैरहवा गाउ टोल सुधार समितीका अध्यक्ष ठाकुर अधिकारीको अध्यक्षता तथा सिनपा वडा नम्बर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको दिप प्रज्ज्वलन कार्यक्रमा बोल्दै समितीका अध्यक्ष अधिकारीले क्रिकेटर सन्दिप लामिछानेले रिहाइ पाउनु खुसीको बिषय भएको बताउनु भएको छ । उहाले राष्ट्रिय खेलाडी लामिछानेलाई बलात्कारको झुठो मुद्धामा अदालतले हिरासतमा लिएको र उच्च अदालतको फैसलालाई सम्पुण नेपालीले आत्मसाथ गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले सन्दिप लामिछानेले पाएको सफाइले पनि नेपालको न्यायलय मरेको छैन भन्ने अनुभुती दिलाएको बताउनु भएको छ । उहाले सन्दिप लामिछानेको रिहाइको उपलक्ष्यमा खुसी ब्यक्त गर्दै समितीले दिप प्रज्जवलन गरेको बताउनु भएको छ ।

यस्तै गरी भैरहवाका राष्ट्रिय क्रिकेटर खेलाडी दिपेन्द्र लामंगादेले क्रिकेटर सन्दिप लामिछानेले सफाइ पाउनु नै सम्पुर्ण खेलाडीहरुको जित भएको बताउनु भएको छ । उहाले क्रिकेटर लामिछाने बिश्वकप खेल्न पाउनु र देशलाई चिनाउनमा सफल हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।


यस्तै गरी भैरहवा टोल सुधार समितीका उपाध्यक्ष बिनोद बिश्वकर्माले आजको दिनलाई एतिहासिक दिनको रुपमा मनाएको बताउनु भएको छ । देशको गहना र देशलाई चिनाउने खेलाडीको रुपमा रहनु भएको क्रिकेटर लामिछानेलाई झुठा मुद्धा लगाएर फसाइएको बताउनु भएको छ । उहाले ढिलै भए पनि सन्दिपले न्याय पाएको बताउनु भएको छ । भैरहवा गाउ टोल सुधार समितीका सहसचिव मनोज दवाडीले संचालन गर्नु भएको कार्यक्रममा सिनपा वडा नम्बर ७ का वडासदस्य शुष्मा प्रधान, अभिषेक रावल, ब्युटीसियन पल्लवी न्यौपाने, समितीका सचिव सुजाता क्षेत्री, समितीका सदस्य राजाराम, सल्लाहकार सुरेन्द्र प्रधान, मदिरा ब्यवसायी बिनोद आचार्य लगायत भैरहवा गाउबासीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-१५ , समय : २२:५३:१८ , ५ महिना अगाडि