रुपन्देहीको धकधइ ३ सेमरहवाबाट अबैध कुखुरा बरामद

रुपन्देही खबर , ४१८  पटक हेरिएको

भैरहवा, बैशाख ३०

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको एक लाख ७५ हजार रुपैया भन्दा बढी मुल्य बराबरको अबैध कुखुरा नियन्त्रणमा लिएको जनाएको छ । जिल्लाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नंम्बर ३ धकधई बस्ने २९ बर्षिय निजम खानले लु ७९ प १९२५ नंम्बरको मोटरसाईकलमा ल्याउदै गरेको ७२ पिस बोइलर कुखुरा रोहिणी गाउँपालिका वडा नंम्बर ३ सेमरहवाबाट नियन्त्रणमा लिएको हो ।

बरामद भएको बोइलर कुखुराको अन्दाजी मुल्य ९५ हजार ४० रुपैया र मोटरसाइकल ८० हजार सहित १ लाख ७५ हजार ४० रुपैया बराबरको अबैध सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । बरामद भएको बोइलर कुखुरालाई आवश्यक कारवाहीको लागी कुखुरा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया तथा मोटरसाईकल र मानिस भैरहवा भन्सार कार्यालय वेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०५-१२ , समय : २०:५९:३१ , ६ महिना अगाडि