सुस्तामा ट्याक्टर दुर्घटना हुदा एकको मृत्युु,एकजना घाइते

रुपन्देही खबर , ४८६  पटक हेरिएको

नवलपरासी पश्चिम, बैशाख २८

पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक  जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

सुस्ता गाउँपालिका-३ बिगेटस्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगन्जतर्फ जाँदै गरेको लु३त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टँदा सुस्ता गाउँपालिका-५ का १३ वर्षका रोहित कंकरको मृत्यु भएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सुस्ता गाउँपालिका-४ नर्सही बस्ने २१ वर्षका सुकई मल्लाह घाइते भएका छन्। घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०५-१० , समय : २०:०५:४६ , ६ महिना अगाडि