बडेरा सामुदायिक बन उपभोक्ता समितीद्धारा स्कुल ब्याग बितरण

रुपन्देही खबर , ३३३  पटक हेरिएको

नवलपरासी, बैशाख २५

बडेरा सामुदायिक बन उपभोक्ता समिती सुनवल १३ ले स्कुल ब्याग बितरण गरेको छ । समितीले आफनो कार्य क्षेत्रमा सामाजिक उत्तर दायित्व अन्र्तगत रामग्राम नगरपालिका र पाल्हिनन्दन गाउपालिका भित्रका तीन वटा बिद्यालयका बिद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेको हो । बडेरा सामुदायिक बन उपभोक्ता समिती सुनवल १३ को अध्यक्ष मदन पन्थको अध्यक्षतामा श्री जनता प्राथमिक बिद्यालय बेलासपुर,उत्तम बालहित मा.बि रामग्राम ७ उजैनी र सिद्धार्थ माबि पाल्हिनन्दन ३ कुस्माका बिद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको हो ।

कार्यक्रममा उत्तम बालहित मा.बि. रामग्राम ७ उजैनीका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष डाक्टर प्रसाद यादव, बिद्यालयका प्रध्यानाध्यापक अवधेश सहानी, बडेरा सामुदायिक बन उपभोक्ता समिती सुनवल १३ का बरिष्ठ उपाध्यक्ष प्रेम बहादुर थापा, सिद्धार्थ मा.बि. पाल्हिनन्दन ३ कुस्माका प्रध्यानाध्यापक,रबिन्द्र प्रसाद शर्मा,बिद्यालय ब्यवस्थापन समिती सदस्य मुन्ताज हरिजन लगायतले बोल्दै बिद्यार्थीहरुलाई बितरण गरिएको ब्यागले बिद्यार्थीहरुमा झन हौसला प्रदान गरेको बताउनु भएको थियो । भने कार्यक्रम संचालन बडेरा सामुदायिक बनको सहसचिव देवकला खनालले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०५-०७ , समय : १३:५९:३४ , ६ महिना अगाडि