धनी राम कोरी , ४२१ पटक हेरिएको
कपिलवस्तु , असार ५
कानुन , बालबालिका महिला तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले अवधी भाषाकाे विकास र संरक्षण गर्नुपर्ने बताउनु भएको छ ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजना गरिएको द्वितीय अन्तर्राष्ट्रिय अवधि सम्मेलनको समापन सत्रमा मन्त्री घर्तीले सो कुरा बताउनुभएको हो ।
अवधी भाषाकाे आफ्नाे छुट्टै महत्त्व र संस्कृति रहेकोले यसको विकास र संरक्षण गर्नुपर्ने जोड दिदै सबै एकजुट भएर अगाडि बढ्न आग्रह गर्नु भएको छ । अवधी भाषामा कविता , कथा , नाटक , मुक्तक र गजल रचना गरेर साहित्य क्षेत्रको विकास गर्न समेत अनुरोध गर्नु भएको थियो ।
मन्त्री घर्तीले कानुन , बालबालिका महिला तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशकाे तर्फबाट अवधी भाषाकाे विकास र संरक्षण गर्नकाे लागि प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाले आ आफ्नाे भाषा र संस्कृति जाेगाउन हामी सबैकाे अधिकार रहेको समेत बताउनु भएको थियो ।
प्रकाशित मिति: २०२२-०६-१९ , समय : १९:४५:५५ , २ वर्ष अगाडि