पार्वती थारु , ३३९ पटक हेरिएको
भैरहवा, बैशाख ३
रुपन्देहीको तिलाेत्तमा ४ डिङगरनगरमा रहेकाे अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहारमा आईतबार भाेजन दान गरिएको छ । विहारमा नेपाल थारु राष्ट्रिय मन्चका केन्द्रीय अध्यक्ष रेखा प्रसाद चाैधरिले भाेजन दान गर्नु भएको हाे । विहारमा अल्पकालिन सत् कुल पुत्त दस दिवसिय दुर्लव्य प्रवज्या श्रामणेर भिक्षुहरु १२० जनालाई आज चाैधरिले भाेजन दान गर्नु भएको थियाे । यसै क्रममा बोल्दै उहाँले बौद्ध ज्ञान प्राप्त गर्न पाउनु भाग्यको को कुरा भएको बताउनु भयाे । उहाले आफ्नाे छाेरालाई पनि उक्त विहारमा बुद्धकाे पन्चशिल ज्ञान आर्जनका लागि अल्पकालीन भिक्षु बनाई पठाउन पाएकाेमा गर्व लागेकाे बताउनु भयाे ।
यसैगरि थारु बाैद्द समाज केन्द्रीय उपाध्यक्ष तथा थारु पण्डित रामकुमार चाैधरिले जुनसुकै समुदायका मानिस अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहारमा आई बुद्धत्व प्राप्त गर्न सक्ने बताउनु भयाे । उहाँले रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ र १२ बाट १८ जना बालकलाई विहारमा शिक्षाको लागि ल्याएकाे बताउनु भयाे । जसमा ७ वर्ष देखि १८ वर्षका रहेका छन् । उहाँले भन्नू भयाे मानिसकाे जीवन अनित्य छ , सबै दिन शुभ हुन्छ , पन्चशील पालना गर्नु पर्छ जसले जिवनलाई सत्यकाे मार्गमा हिडाउँछ । गाैतम बुद्धका अनुसार पन्चशीलमा हत्या हिसां नगर्ने , झुठाे नवाेल्ने, चाेरि नगर्ने ,व्यभिचार नगर्ने र मादक पदार्थको सेवन नगर्ने रहेका छन् । यी नियमलाई सबैले अनुसरण गर्नु पर्ने चाैधरिले बताउनु भयाे ।भाेजन दान कार्यक्रममा थारु बाैद्द समाज रुपन्देहीका जिल्ला अध्यक्ष राज चाैधरि , थारु राष्ट्रिय मन्च रुपन्देहीका केन्द्रीय सचिव पार्वती थारु, समाजसेवि आशा देवि थारु लगायतकाे सहभागीता रहेकाे थियाे ।
चैत २५ गतेदेखि सुरु भएको परियति बुद्ध ज्ञान शिक्षा आर्जन बैशाख ५ गते समापन हुने थारु बाैद्द समाज केन्द्रीय उपाध्यक्ष तथा थारु पण्डित रामकुमार चाैधरिले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२४-०४-१५ , समय : ०८:१६:०० , ७ महिना अगाडि