अबैध उत्खनन कार्यमा संलग्न सवारीसाधन सैनामैनाबाट प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , ३३१  पटक हेरिएको

भैरहवा, चैत ३०
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध उत्खनन कार्यमा संलग्न सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय साझण्डीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडानम्बर ९ अस्नेरी र वडा नम्बर ७ देवापारबाट अबैध रुपमा माटो उत्खनन गरिएको अवस्थामा ना १ क ५१२४ नम्बरको जेसीबी, लु २ ख ५८३२ र लु १ ख ९६७४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागी सैनामैना नगरपालिका पठाइएकोमा नगरपालिकाले ६० हजार जरिवाना तोकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०४-१२ , समय : १९:३२:५० , ७ महिना अगाडि