महेश यादव , ३११ पटक हेरिएको
नवलपरासी , असार ३
प्रतेक स्थानीय तहका जनप्रतिनिधि ज्युहरुले भन्छन् , दिलाउन हकअधिकार ।
समाजसेवा गर्नुकाे नाममा गर्दै छन् , भ्रष्टाचार ।।
जनताकाे पसिना र कमाईकाे पैसाले गर्दैछन राज ।
आफ्नाे पार्टि र आफ्नाे फेबरकाे ब्यक्तिलाई दिलाउछन सबै अधिकार ।।
समाजसेवा गर्नुकाे नाममा गर्दै छन् , भ्रष्टाचार ।।
नेपाल सरकारले सबैलाई दिएकाे छ, समानताकाे अधिकार।
समाजसेवा गर्नुकाे नाममा बढदै गएकोछ, भ्रष्टाचार ।।
काम र सहयोग गर्ने थाेरै ,बजेट पचाउने धेरै यी हुन विकास प्रेमि र समाजसेवी जनप्रतिनिधि ज्युहरुले दिने विकासको हकअधिकार।
समाजसेवा गर्ने जनप्रतिनिधि र समाजसेवि ज्युहरुले गर्दैछन भ्रष्टाचार ।।
विकास निमार्ण र अन्य कार्यक्रमकाे लागि छुट्टयाइएको छ आर्थिक बजेट ।
तर के गर्ने त्याे बजेट लाई समाज सेवाकार्यमा खर्च गरेर सिध्याउन लाई कुनै आफ्नै संस्था वा ब्यक्तिकाे बनाईएकाे छ पकेट ।।
बाेल्नेकाे पिठो बिक्छ नबाेल्नेकाे चामल पनि बिक्दैन रे।
तर राजनिती र समयले ठिक उल्टो बनाईदिएछ हे भाइ यहात बाेल्नेकाे केहि हुदैन , नबाेल्नेकाे सबै हुन्छ ,गर्नु पर्छ मात्र पार्टी र नेताकाे प्रचार । यस्तै भईरहेकाे छ, विकास कार्य ।।
समाज सेवा गर्ने जनप्रतिनिधि र समाजसेवि ज्युहरुले गर्दैछन भ्रष्टाचार ।।
यी कुराले नै जनाउछ विकास र हकअधिकार ।
आज भाेलि नवलपरासीमा पनि बढ्दै गएको छ भ्रष्टाचार ।।
प्रकाशित मिति: २०२२-०६-१७ , समय : १७:५२:५० , २ वर्ष अगाडि