कबिता : देशको माया लाग्छ

गोबिन्द राज ओझा राजन , ६९२  पटक हेरिएको

डोटी, चैत १७

मलाइ मेरो देशको धेरै माया लाग्छ
नेपाल आमाको माया सबै सन्ततिमा छ
यो देशलाई अझै सुन्दर मनले हेर्नु छ
हिमाल,पहाड र तराई प्रकृतिको सुन्दर उपहार छ 
 
 
यो देश मेरो देश मेरो जीवन छ यो देशसँग
जे भए पनि केही कुरा भनेको छु तिमि सँग
देशका युवाले यो देशको गरिमा र शान बढाऔँ
यही देशको यही माटोमा रमाएर बाचौँ
 
यही माटोमा श्रम गरी केही गर्नु छ
एक आपसमा मिलीजुली बस्नु छ
जान्न अब परदेशमा सम्झनामा गाउँघर छ
मेरो देश मेरो माटो नियालेर हेर्नु छ
मलाइ मेरो देशको धेरै माया लाग्छ
नेपाल आमाको माया सबै सन्ततिमा छ

प्रकाशित मिति: २०२४-०३-३० , समय : २१:०९:३४ , ८ महिना अगाडि