रुपन्देही खबर , २३९ पटक हेरिएको
सुनवल, चैत १७
साना किसान कृषि सहकारी संस्था लिमिटेड रामनगर सुनवल १२ भुमही नवलपरासीले अन्तर समूह सुदृढिकरण तथा सहकारी शिक्षा शिबिर सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देवीलाल डुम्रेको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक भैरहवा शाखाका उपनिर्देशक माधवराज ढकालको प्रमुख आतिथ्यतामा सुनवलमा अन्तर समूह सुदृढिकरण तथा सहकारी शिक्षा शिबिर सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल राष्ट्र बैंक भैरहवा शाखाका उपनिर्देशक ढकालले संस्थाका शेयर सदस्यहरू सहकारीको आधारभूत विषयहरूमा शिक्षित भएमा मात्र स्वयम शेयर सदस्य तथा संस्थाहरूको वित्तीय लक्ष्य हासिल हुने बताउनु भएको छ । उहाले साना किसानले दिने सुविधाले नै समुदायमा राम्रो प्रभाव पारेको समेत बताउनु भएको छ । कार्यक्रममा ३५ जना शेयर सदस्यहरुलाई बित्तिय साक्षरता, कर्जा ब्यवस्थापन, सम्पत्ति शुद्धिकरण, ऋण असुली तथा बचत ब्यवस्थापन लगायतका बिषयमा साना किसान बिकास लद्युबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक शेर बहादुर चौधरी र नेपाल राष्ट बैंक भैरहवा शाखाका उपनिर्देशक माधवराज ढकालले सहजीकरण गर्नु भएको थियो ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड रामनगर सुनवल १२ को उपाध्यक्ष लक्ष्मी भटटराई गौतमको स्वागत मन्तब्य रहेको कार्यक्रम संचालन साना किसान कृषि सहकारी संस्थाका प्र्रबन्धक भोज प्रसाद चापागाइले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०३-३० , समय : २०:५४:३८ , ८ महिना अगाडि