अझै पनि समाजमा छुवाछूत कहिले सम्म ?

धनी राम काेरी , ४४५  पटक हेरिएको

कपिलवस्तु , असार ३                                            हजुरबुबालाई नराम्रो लाग्छ तिमी आफ्नाे जात हाेइन अरुकाे जात बताउन भनिन् उनी ! म मधेसी समुदाय र दलित परिवार बाट अनि उनी पहाडी समुदायबाट र उपल्लो जात कि मिल्ने साथी थिन । उनकाे व्यहार पनि राम्रो थियो ।

एक दिनकाे कुरा हाे साथमै गएर कार्यक्रम सहभागी भएको छु । सगै काम गरेको छु केही फरक लागेको छैन । मलाई पनि दलित भएको अलि पनि अभास भएको थिएन । दुवै जना साथीमै खाना पनि खाने काम गर्थ्याे ।

कार्यक्रम बाट फर्कदा खेरी राति भयो त्यहाबाट गाडी पनि घरकाे लागि नमिल्ने त्यस पछि उनी साेधिन कहाँ बस्छौं राति भइसकेको छ ? म भने गाडी मिल्दैन अब कसरी घर जाने म अनि उनी भनिन् कि मेराे घरमा गएर बस्दा भइहाल्छ । म भने ठिक छ जाम यसाे भए ।

तबसम्म केही फरक अभास भएको थिएन । दलित र गैरदलितकाे कुरा । घर जानकाे लागि साथमै गाडी चाडियाे । बाटाेमा कुरा गर्दागर्दै गइरहेको थियो । आफ्नाे आफ्नाे परिवारकाे बारेमा कुरा चल्दै थियो ।

उनी भनिन् कि अब घर नजिक आइरहेकाे छ । मेराे घरमा एउटा कुरा भन्नू पर्छ तिमीलाई है। म भने कस्तो कुरा भन्ने हाे । तिमी दलित भएको कारणले गर्दा मेराे हजुरबुबालाई अलि अठ्याराे लाग्छ ।

दलित जात नबताउने है मेराे घरमा म केही समय साेच्न थाले कि म कसरी अरुकाे जात बताउछु तर त्याे रातिकाे बेला म संग अरु कुन विकल्प पनि थिएन । बाध्य भएर म भने ठिक छ ।

उनी भनिन् कि दुख लाग्याे तिमीलाई म भने अरु कुनै विकल्प पनि त छैन नि । उनी भनिन् कि केही हुदैन । मेराे घरमा आमाबुबा , बहिनीलाई केही मतलब छैन । जातकाे कुरा तर हजुरबुबा पहिललाे जस्तै साेचाइ रहेको कारण उनलाई राम्रो लाग्दैन त्यसैले तिमीलाई यस्तो कुरा भन्न काे लागि भनेछु ।

हामी केही समय पछि घर मा पुगेका थियो । उनकाे हजुरबुबाले म संग साेध्नु भयो बाबू तिम्रो घर कहाँ हाे ? म भने मधेसी समुदायको बहुलता भएको जिल्ला मेराे घर कपिलवस्तु जिल्लामा रहेको छ । फेरि साेध्नु भयो कि बाबू तिम्रो जात कुन हाे ? म भने यादव हाे । अनि फेरि भन्नू भयो याे यादव दलितमा पर्छन कि बाहुन मा बाबु ? भने बाहुन त हाेइन्न तर उच्च जातमा पर्छन् ।

त्यस पछि कुराकानी गर्दागर्दै निद्रा लाग्न थालेयाे । बाबू निद्रा लागिरहेको छ ? भने हा हजुरबुबा त्यस पछि एउटै काेठामा सुतेकाे छु ।

बिहान भयो उनी आएर भनिन् कि राम्रोसँग सुत्न मिलेको थियो नि म भने हा सुते राम्रोसँग तर मन मा लागेको दुख कसरी भन्ने ? बिहान खाना खाएपछि म आफ्नाे घर तिर लागे ।

त्यहा बाट आफ्नाे घर सम्म नपुग्दा सम्म मेराे मनमा धेरै प्रश्नहरु आउन थाल्यो । म साेचेकि सानाे हुदा विद्यालयमा बढेको थिए । भेदभाव नेपाल सरकारले अन्त्य गरेको छ । भेदभाव दुई प्रकारको रहेको छ । एउटा प्रत्यक्ष र अर्काे अप्रत्यक्ष अनि बहिराबाट हेर्दा खेरि छुवाछूत रहेको छैन तर मनमा अहिले पनि छुवाछूत रहेको कुरा अनुभव गरे म पनि हाम्रो समाज अहिले पनि जात लुकाउनका लागि बध्य बनाउछन ।

लेखक :- धनी राम काेरी
ठेगाना :- महाराजगन्ज नगरपालिका , कपिलवस्तु
हालकाे बसाइ जिल्लाकाे सदरमुकाम ताैलिहवामा

प्रकाशित मिति: २०२२-०६-१७ , समय : १७:११:३९ , २ वर्ष अगाडि