महाकवि देवकोटा नमुना मा.बि.द्वारा शुभकामना आदानप्रदान

रुपन्देही खबर , २६९  पटक हेरिएको

सुनवल, चैत १०

महाकवि देवकोटा नमुना माध्यमिक बिद्यालय सुनवल ४ ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
२०८० सालको माध्यमिक शिक्षा परिषद (एसईई) मा संलग्न हुने विद्यार्थीलाई शुक्रवार एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान गरिएको छ ।

बिद्यालयका प्राध्यापक खेमलाल शर्मा जोसीको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ज्ञानहरी अर्यालको प्रमुख आतिथ्यतामा बिद्यालय परिसरमा एसईई मा संलग्न हुने विद्यार्थीलाई मायाको चिनो प्रदान गरि राम्रो नम्बर ल्याउन सफल हुन भनेर शुभकामना दिइएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष अर्यालले विद्यार्थीको सफलताको कामना गर्दै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले भोलिका दिनमा भौतिक संरचना लगायत कुनैपनि सुविधामा कमी हुन नदिने बताउनु भएको छ । उहाले यस विद्यालयलाई अझै उत्कृष्ट विद्यालयको रुपमा बिकास गर्दै जाने प्रतिबद्धता समेत गर्नु भएको छ ।

कार्यक्रममा अभिभावक संघको अध्यक्ष डिल्लीराम शर्मा, बिद्यालय इन्चार्ज संगीता शर्मा लगायतले बोल्दै सानैबाट आफुले पढाएको विद्यार्थीलाई शुभकामना दिन पाउँदा खुसी लागेको बताउनु भएको थियो भने उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना समेत गर्नु भएको थियो  । कार्यक्रममा विद्यार्थीको तर्फबाट महिमा चौधरीले आफ्नो भनाइ राख्नु भएको थियो । भने कार्यक्रम संचालन बिकास भण्डारीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०३-२३ , समय : ०९:१२:४३ , ८ महिना अगाडि