रुपन्देही खबर , १८६ पटक हेरिएको
सुनवल, चैत ९
सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ सुनवलको अध्यक्षमा ज्ञानहरि अर्याल निर्वाचित हुनु भएको छ । सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ सुनवल नगर कमिटिको दोश्रो अधिवेशनले अर्यालको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो ।
यस्तै गरि उपाध्यक्षमा मोहन प्रसाद कवर,सचिवमा दिपक राना, सह सचिवमा जय प्रकाश चौधरी काेषाध्यक्षमा कर्ण बहादुर पुन चयन हुनु भएको छ ।
यस्तै गरि सदस्यहरुमा गौतम परियार, तारा बराल, टिकाराम अधिकारी, ईश्वर राना, जित बहादुर पुन, चन्द्र कुमारी बस्नेत, मनि माया थापा, रामकान्त अर्याल रहनु भएको छ ।
वाकवाणी विद्यालयका अध्यक्ष दिपक रानाको स्वागत मन्तव्य रहेको कार्यक्रममा सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ नवलपरासीको संयोजक रमेश बस्याल, सामाजिक बिकाश समिति संयोजक भगवती बस्याल, सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघको केन्द्रिय सदस्य राम बहादुर श्रेत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रम सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघका अध्यक्ष सुर्य प्रसाद न्यौपानेको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-०३-२२ , समय : २१:२५:२१ , ८ महिना अगाडि