रुपन्देहीमा बिभिन्न मुद्धामा फरार ६ जना प्रतिवादी पक्राउ

रुपन्देही खबर , ४४३  पटक हेरिएको

भैरहवा, चैत ७

रुपन्देहीमा विभिन्न मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर हालसम्म फरार रहेका ६ जना कसुरदारलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । रुपन्देही प्रहरीका अनुसार पक्राउ पर्नेमा २०६८ चैत २५ गतेको फैसलाले सवारीज्यान मुद्दामा १० दिन कैद र रु.२ सय जरिवाना भएका रुपन्देहीको बुटवल उप–महानगरपालिका–४ बस्ने राम प्रसाद नेपाली पक्राउ परेका छन ।

त्यस्तै २०७१ सालको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ५ महिना ७ दिन कैद फैसला भएका बुटवल उप–महानगरपालिका–७ बस्ने बिष्णु गुरुङ, २०७८ असोज १८ गतेको फैसलाले अपहरण,बन्धक मुद्दामा रु. २ हजार जरिवाना भएका रोहिणी गाउँपालिका–२ बस्ने अफाक खान र २०७४ पुस १९ गतेको फैसलाले सवारीज्यान मुद्दामा रु.२ हजार जरिवाना भएका रोहिणी–२ बस्ने आजाद खाँलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसै गरी २०७५ असार १ को फैसलाले जबरजस्तीकरणी मुद्दामा १ वर्ष कैद र रु. १० हजार जरिवाना भएका रुपन्देही सिद्धार्थनगर नगरपालिका–११ बस्ने राम मिलन यादव र २०७८ असार १ को फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा रु.२५ हजार ५ सय जरिवाना भएका सिद्धार्थनगर–११ बस्ने विरेन्द्र यादव रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल, प्रहरी चौकी मैनिहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी मनोहर प्रसाद भट्टले बताउनु भएको छ । पक्राउ परेका व्यक्तिहरुलाई मंगलबार जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको डीएसपी भट्टले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०३-२० , समय : ०७:०५:३३ , ७ महिना अगाडि