साहसी कदम नेपाल रुपन्देहीले चौथो स्थापना दिवस मनायो

रुपन्देही खबर , १९४  पटक हेरिएको

भैरहवा, चैत ५

साहसी कदम नेपाल रुपन्देहीले आइतबार आफनो चौथो स्थापना दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा ३ मा अवस्थित यस संस्था चौथो बर्ष पुरा गरी पाचौ बर्षमा प्रवेश गरेको अवसरमा सरोकारवालाहरु बिच भेटघाट तथा छलफल गरी स्थापना दिवस मनाएको हो । साहसी कदम नेपाल रुपन्देहीका संस्थापक आनिक रानाको अध्यक्षता तथा एभरेष्ट बैंक मणिग्रामका शाखा म्यानेजर बिमल भुषालको प्रमुख आतिथ्यतामा केक काटेर स्थापना दिवस मनाइएको छ ।

कार्यक्रममा अध्यक्ष रानाले साहसि कदम नेपाल अथक मेहनत र प्रयासका साथ पाचौ बर्षमा प्रवेश गरेको बताउनु भएको छ । उहाले साहसि कदम नेपाल रुपन्देहीको उत्कृष्ट कर्मचारीको रुपमा संस्थाको एडभोकेसी म्यानेजर रोजमगर लाई सम्मान गरेको बताउनु भएको छ । कार्यक्रममा साहसि कदम नेपालका प्राबिधिक सल्लाहकार रेशम न्यौपाने, एडभोकेसी म्यानेजर रोज मगर, संस्थाको उपाध्यक्ष सरोसी न्यौपाने लगायत बिभिन्न सरोकारवाला ब्यक्तित्वहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०३-१८ , समय : १४:३७:०६ , ७ महिना अगाडि