बहुलराष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक :राजेन्द्र महतो

उर्मिला यादव यात्री , ३१६  पटक हेरिएको

भैरहवा, चैत ४

नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु भएको बताउनु भएको छ । उहाले यो अभियान देशलाई बहुलराष्ट्रिय राज्यको रुपमा स्थापना गर्नका लागी राष्ट्रिय मुक्ति क्रान्ति गर्न आवश्यक रहेको जोड दिनु भएको छ । भैैरहवामा शनिबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक समेत रहनु भएको महतोले मधेशी, थारु, दलित, मुस्लिम लगायत अधिकांश समुदायको धर्मसंस्कृति लगायत उनीहरुको पहिचानलाई सरकारले मेटाएको बताउनु भएको छ । उहाले आफनो अधिकार माग्दा सरकारले छातीमा गोली ताकेको आरोप लगाउनु भएको छ । महतोले संबिधान सबैको लागी बने पनि त्यसमा आफुहरुको अधिकार नसमेटिएको गुनासो गर्नु भएको छ । उहाले नेपालमा एकल जातिय चिन्तन सोचको आधारमा देशमा शासन भैरहेको र संबिधान बनाएको जिकिर गर्नु भयो । उहाले सम्पूर्ण नागरिक अधिकार, पहिचान र सम्मानका साथ बस्न पाउनुपर्ने बताउनु भएको छ ।

उहाले लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थामा समेत नेपालीहरुको अधिकारलाई उपेक्षित गरिएको बताउनु भयो । उहाले एकल जातिय शासनको अन्त्य गर्नुपर्ने बताउदै नेपालमा रहेका सबै समुदायको अवस्था सरकारले बुझनुपर्ने जिकिर गर्नु भयो । उहाले लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा समेत जनतालाई अनुभुति नभएको गुनासो भयो । उहाले संघिय गणतन्त्रको अन्तर बिषयबस्ुत एकदमै खराब भएको जिकिर गर्नु भयो । त्यो त्रुटिपुर्ण हो बेइमानी पुर्ण हो, त्यो बिभेदमुलक हो , षडयन्त्रमुलक हो । उहाले संघियतामा अधिकार, पहिचान, सीमांकन स्वायत्तता नभएको गुनासो गर्दै खाली नाम मात्रको संघियता भएको उल्लेख गर्नु भयो । उहाले अहिले पनि नेपालमा केन्द्रीत शासन चलिरहेको दाबी गर्नु भएको छ ।

उहाले सिडिओको ज्यादती चलिरहेको छ । पुलिस–प्रशासनको ज्यादती चलिरहेको छ । यो केन्द्रिय सरकार हो ,प्रान्तीय सरकार होइन । लुम्बिनी सरकारको अधिकार क्षेत्र भित्र पर्दैन भन्नु भयो । उहाले सिमानाकामा पुलिस आतंक चलिरहेको उल्लेख गर्नु भयो । उहाले सिमामा एक किलो चिनो ल्याउन समेत पुलिसले अत्याचार गरिरहेको बताउनु भयो । त्यो अत्याचार केन्द्रीय सरकारको अत्याचार हो । उहाले तलदेखि माथि सम्म लुटतन्त्र बाहेक केही नभएको उल्लेख गर्नु भयो ।

उहाले माथि नै काण्डैकाण्ड भएको बताउदै ललिता निवास काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, सुनकाण्ड, यी काण्डमा ठूला पार्टीका ठूला नेताहरुको संलग्नता रहेको जिकिर गर्नु भयो । उहाले नेपाली कांग्रेस, एमाले र माओवादी जसले जनताको ९० प्रतिशत मत लिएर देश र जनताको रक्षा गर्नुपर्नेमा उही भक्षक बनेर काम गरिरहेको बताउनु भएको छ । जसले गर्दा जनता पिडित भएको उल्लेख गर्नु भयो ।

उहाले संघियता दिएर जनतामा बितृष्णा पैदा गर्ने र संघियतालाई असफल गर्ने षडयन्त्र भैरहेको दाबी गर्नु भयो । शासक सम्रान्तहरुले एकल नश्लीय सोच बोकेका शासकहरुले संघियतालाई कसरी असफल पार्ने खेलमा लागेको आरोप लगाउनु भयो । उहाले संघियता कांग्रेस–कम्युनिष्टको एजेण्डा नभएको बताउदै यो पहिचानबादीले आन्दोलन गरेर ल्याएको जिकिर गर्नु भयो ।

उहाले लोकतन्त्रमा समानता हुने बताउदै जनताले त्यो अनुभुति गर्न समेत नपाएको गुनासो गर्नु भएको छ । उहाले लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा पनि झुटतन्त्रको खेती भइरहेको बताउनु भयो । उहाले‘लोकतन्त्रको उज्यालो गरीबको घरमा पुग्यो कि पुगेन ? दलित, मधेशी, थारु, आदिवासी जनजातिको घरमा पुग्यो कि पुगेन ? उसको संस्कृति, भेषभुषाको रक्षा भयो कि भएन भन्दै प्रश्न गर्नु भएको थियो । उहाले आयातित विचारको आधारमा नेपालमा शासन चलिरहेको बताउदै जबसम्म नेपालमा स्वदेशबाद स्थापित हुदैन तबसम्म देशको अवस्था यस्तै रहने जिकिर गर्नु भयो ।

प्रकाशित मिति: २०२४-०३-१७ , समय : १०:५४:५३ , ७ महिना अगाडि