रुपन्देही खबर , ४९६ पटक हेरिएको
काठमाडौं, असार २
एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।
कुवेतमा भएको छनोटमा नेपाल अङ्कविहीन बनेको थियो । समूह ‘ए’ मा रहेको नेपाल समूहको पुछारमा छ ।
छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।
मङ्गलवार राति भएको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो ।
३१ सदस्यीय नेपाली टोली स्वदेश फर्के पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै बसेका छन् ।
प्रकाशित मिति: २०२२-०६-१६ , समय : १८:३२:०७ , २ वर्ष अगाडि