बहुलराष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक:राजेन्द्र महतो

उर्मिला यादव यात्री , ३५८  पटक हेरिएको

भैरहवा, चैत २

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले मधेशी, थारु, दलित, मुस्लिम लगायत अधिकांश समुदायलाई सरकारले अधिकार नदिएको गुनासो गर्नु भएको छ । उहाले आफनो अधिकार माग्दा सरकारले छातीमा गोली ताकेको आरोप लगाउनु भएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियान रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति बृहत सम्बादात्मक कार्यक्रममा बोल्दै महतोले संबिधान सबैको लागी बने पनि त्यसमा आफुहरुको अधिकार नसमेटिएको बताउनु भएको छ । उहाले मधेशी समुदाय प्रति शासक वर्गले बिदेशीको जस्तो ब्यवहार गरेको आरोप लगाउनु भयो ।


उहाले जनता आफनो अधिकारबाट बन्चित भएको गुनासो गर्नु भएको छ । उहाले देशको जनशक्ति बिदेसिनु नै दुखद बिषय भएको बताउदै यसलाई सरकारले रोक्नुपर्ने बताउनु भएको छ । उहाले सबैको अधिकार र पहिचानका लागी संबिधानमा नै लेख्नु पर्ने बताउनु भएको छ । उहाले अधिकारका लागी आन्दोलन गर्दा गोली चलाएर यसलाई दबाउन खोजिएको बताउनु भएको छ । उहाले जनताको छाती माथि गोली ताकेर देशको संबिधान जबरजस्ती बनेको जिकिर गर्नु भयो ।

उहाले नेपालमा एकल जातिय चिन्तन सोचको आधारमा देशमा शासन भैरहेको र संबिधान बनाएको बताउनु भएको छ । उहाले नेपाललाई सबैको साझा फुलबारी बनाउनुपर्ने बताउदै एकल जातिय शासनको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । उहाले नेपालमा रहेका सबै समुदायको अवस्था सरकारले बुझनुपर्ने जिकिर गर्नु भयो । उहाले नेपाल सबै नेपालीका लागि बनाउने अभियानमा आफूहरु रहेको दावी गर्नु भएको छ । उहाले सम्पूर्ण नागरिक अधिकार, पहिचान र सम्मानका साथ बस्न पाउनुपर्ने बताउनु भएको छ ।


शासन र संविधान जनताको लागि र नेपाल सबै नेपालीका लागि बनाउन बहुलराष्ट्रिय राज्य स्थापनाबाहेक अरु कुनै बिकल्प नरहेको महतोले दाबी गर्नु भएको छ । उहाले बहुलराष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेकोमा जोड दिनु भएको छ । उहाले सबै मिलेर अघि बढे शक्ति बढ्ने र त्यो शक्तिलाई कसैले परास्त नगर्न सक्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

पुर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीले राष्ट्रिय मुक्ति क्रान्तिले मदेशको मात्र नभइ सबै समुदायको आवाजलाई उठाउने बताउनु भएको छ । उहाले आफुहरुको लडाइ राष्ट्रिय मुक्ति क्रान्तिको लडाई हुने बताउनु भएको छ । उहाले देशमा पिछडिएका र शासक वर्गबाट शोषित पिडित रहेका समुदायका अधिकारका लागी राष्ट्रिय मुक्ति क्रान्तिले लडाई लडने बताउनु भएको छ ।

यस्तै गरी कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै समान नेपाल अभियानका सिएन थारुले यो अभियान निरन्तर चल्ने बताउनु भएको छ । उहाले आफ्नो मुक्तिको लागि आफैले संघर्श गर्ने बानीको बिकास गर्नु पर्ने बताउनु भएको छ । उहाले यो अभियानको बारेमा सबैलाई जानकारी गराउदै नया पुस्तालाई संगठित गरी काम गर्ने बताउनु भएको छ । उहाले यो अभियान बाट अगुवाहरु निर्माण गर्ने र समाजको नेतृत्व गर्ने युवाहरु उत्पादन गर्ने उदेश्यका साथ यो अभियान संचालन गर्ने बताउनु भएको छ ।उहाले नेपालको सारा समस्यालाई एकमुष्ठ रुपमा समाधान गर्ने उदेश्य लिएर यो अभियान अगाडि बढेको बताउनु भएको छ ।


कार्यक्रममा रुपन्देही युवा समुहका अध्यक्ष विशाल गुप्ताको स्वागत मन्तव्य रहेको कार्यक्रममा समाजसेवी दिनेश मिश्रा , थारु कल्याणकारीणी समिती रुपन्देहीका सभापति कमलनारायण चौधरी, गोपाल सेवा समिति रुपन्देहीका अध्यक्ष भरथरी यादव,कार्यक्रम स्वराज अभियान नेपालका संयोजक गोविन्द थारु लगायतले बोल्नु भएको थियो । भने कार्यक्रम संचालन सुनिल यादवले गर्नु भएको थियो ।
कार्यक्रम पुर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीको अध्यक्षता तथा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-०३-१५ , समय : २२:५८:११ , ८ महिना अगाडि