बौद्ध समाज नेपालको आयोजनामा शनिबार भैरहवामा धम्मयात्रा हुने

उर्मिला यादव यात्री , ४४१  पटक हेरिएको

भैरहवा, चैत्र २

बौद्ध समाज नेपालको आयोजनामा भैरहवामा धम्मयात्रा हुने भएको छ । यहि चैत्र ३ गते शनिबार दिउसो २.३० देखी सिद्धार्थ क्रिकेट स्टेडियम भैरहवाबाट सुरु हुने धम्मयात्रामा १ हजार २ सय ५० भन्दा बढी भिक्षु तथा ब्रामणेरुको सहभागिता हुने आयोजकले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बौद्ध समाज नेपालका केन्द्रिय अध्यक्ष शंकर गाहमगरले धम्मयात्रा गर्नुको मुख्य उदेश्य नै भगवान गौतमबुद्ध प्रतिको आस्था साथै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने ध्ययले गर्न लागिएको बताउनु भएको छ । उहाले भगवान बुद्ध हिडनु भएको मार्गमा धेरै भन्दा धेरै बुद्धिष्टहरुलार्ई हिडाउनुपर्ने उदेश्यले नै धम्मयात्रा सुरु गर्न लागिएको बताउनु भएको छ । उहाले यस बर्ष १२५० भिक्षु हिडाए पनि अर्काे बर्ष २ हजार भन्दा बढी भिक्षुहरुलाई बुद्धको मार्गमा हिडाउने बताउनु भयो । उहाले रुपन्देहीको भैरहवामा रहेको लुम्बिनी गेट बिश्वमा एउटा मात्र रहेकोले यसको प्रचारप्रसारको लागी यो कार्यक्रम बाटोमै हुने बताउनु भएको छ ।

उहाले धम्मयात्रा गर्दा बाटोमै गरिने भएकोले एक घण्टा बाटो अवरुद्ध हुने भएकोले यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा स्थानिय पालिका संग समन्वय गरिसकेको बताउनु भएको छ । उहाले त्यो दिन नाका समेत बन्द हुने बताउनु भएको छ । उहाले भैरहवामै धम्मयात्रा हुनु खुसीको बिषय मात्र नभई यहाको पर्यटकीय क्षेत्रको बिकास र लुम्बिनी गेटको प्रचारप्रसार समेत हुने भएकोले यसमा सबैको साथ सहयोग आवश्यक भएको बताउनु भएको छ । कार्यक्रम स्थानिय क्षेत्रको भएकोले आगामी दिनहरुमा स्थानिय तहहरुले गर्नुपर्ने बताउनु भएको छ । उहाले भगवान गौतम बुद्धको अष्टधातु श्रीलंकाबाट पहिलो पटक नेपालमा आउन लागेकोले यहाका स्थानिय लगायत नवलपरासी, कपिलबस्तु , पाल्पा, कास्की , काठमांडौ लगायतका क्षेत्रबाट नागरिकहरुको सहभागिता रहने बताउनु भएको छ ।

यस्तै गरी भिक्षु थावोन थाबोरोले भगवान गौतम बुद्धको समयमा मात्र धम्मयात्रा भएको र त्यसपछि पहिलो पटक हुन लागेको बताउनु भएको छ । उहाले यहाको स्थानियको साथ सहयोग पाएमा हरेक बर्ष धम्मयात्रा गर्ने बताउनु भएको छ । उहाले गौतम बुद्धको समयमा बुद्धको पछि पछि २० हजार भन्दा बढी भिक्षुहरु उहाको पछि पछि यही मार्ग हुदै आएकोले यो धम्म यात्रा गर्न लागिएको बताउनु भएको छ । उहाले श्रीलंकाबाट हात्तीमा बुद्धको अष्टधातु र गाडीमा भगवान गौतम बुद्धको मुर्ती ल्याइने बताउनु भएको छ । उहाले धम्मयात्रा शनिबार दिउसो २.३० देखी सिद्धार्थ क्रिकेट स्टेडियमबाट सुरु हुने र भैरहवाको देवकोटा चोकहुदै मिलनचोक, नारायणस्थान, बर्मेलीटोल हुदै बुद्धचोकबाट लुम्बिनी गेटमा पुगेर कार्यक्रम समापन गर्ने बताउनु भएको छ ।

यस्तै गरी भिक्षु डा. अधिशक जगकोम कुचायले रुपन्देहीको भैरहवामा हुने लागेको धम्मयात्रा एकदमै महत्वपुर्ण भएको बताउनु भएको छ । उहाले यो यात्राले लुम्बिनी गेटको प्रचार प्रसार मात्र नभई यहाको पर्यटकीय क्षेत्रको बिकासमा समेत मदत पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले धम्मयात्रा भैरहवामा हुनु गौरवको बिषय भएको बताउनु भएको छ । उहाले यो कार्यक्रम भैरहवाबासीको लागी एकदमै महत्वपुर्ण भएकोले यसलाई सफल बनाउन आग्रह गर्नु भएको छ । उहाले नेपाल र थाइल्याण्डको गरी १२ सय ५० भिक्षुको साथमा गरिने धम्मयात्रा नेपालमा पहिलो पटक गर्न लागिएको जानकारी दिनु भएको छ । उहाले यसले पर्यटकिय बिकासमा मात्रै नभइ सकरात्मक पक्षको बिकास हुने बताउनु भएको छ । उहाले यस कार्यक्रमलाई जसरी पनि सफल बनाउनुपर्ने जोड दिनु भएको छ । उहाले भगवान गौतम बुद्धको अष्टधातु नेपालमा पहिलो पटक आउन लागेकोले यसको छुटटै महत्व हुने बताउनु भयो ।

उहाले निजी क्षेत्रले लुम्बिनीलाई पर्यटकीय क्षेत्रको महत्वपुर्ण कडीका रुपमा लिइरहेको बताउदै यो कार्यक्रमले पर्यटन बिकासमा फडको मार्ने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले आफुहरुको मुख्य उदेश्य नै निजी क्षेत्रले पर्यटकीय बिकास, आर्थिक क्षेत्रको बिकासको बारेमा जति कुरा गरे पनि गौतमबुद्ध अन्तराष्ट्रिय एयरपोर्ट संचालन नहुदा आफुहरुलाई धेरै पिडा भैरहेको बताउनु भएको छ । उहाले यस कार्यक्रमले देशबिदेशमा समेत प्रचारप्रसार हुने भएकोले गर्दा एयरपोर्ट संचालनमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले यो कार्यक्रम भैरहवामा हुनु गौरवको बिषय भएको बताउदै लुम्बिनी , रामग्राम लगायत रोहीणीको नदिको महत्वलाई समेत संग संगै लैजानुपर्नेमा जोड दिनु भएको छ । उहाले धम्मयात्रा बुद्ध धर्म संग मात्र सम्बन्धित नभइ यहाको समग्र पर्यटन बिकासमा प्रभाव पार्ने भएकोले यहाका स्थानिय पालिकाहरुले पनि साथ सहयोग गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो ।

प्रकाशित मिति: २०२४-०३-१५ , समय : १०:५७:११ , ८ महिना अगाडि