श्री कटया आधारतभुत बिद्यालयकोे अध्यक्षमा राजेश सहानी

ज्ञानेश्वर उपाध्याय , १६०  पटक हेरिएको

मर्चवार, चैत्र १

रुपन्देहीको श्री कटया आधारतभुत बिद्यालयको ब्यवस्थापन समितीको अध्यक्षमा राजेश सहानी चयन हुनु भएको छ । कोटहीमाई गाउपालिका वडा नं ६ मा अवस्थित उक्त बिद्यालयमा सहानीको अध्यक्षतामा ९ सदस्यिय बिद्यालय ब्यवस्थापन समिती गठन गरिएको हो ।

यस्तै गरी सदस्यहरुमा इन्द्रजित पासी, निशु उपाध्याय, आरती हरिजन, जय प्रकाश यादव, बासमती पासी, बिद्यालयका प्रध्यानाध्यापक राकेश यादव, शिक्षक सोमनाथ पाण्डे र वडा नम्बर ६ का वडाध्यक्ष बिनोद यादव रहनु भएको छ ।

बिद्यालयका प्रध्यानाध्यापक राकेश यादवको अध्यक्षता तथा कोटहीमाई गाउपालिकाको प्राबिधिक सहायक मनोहर चौधरीको प्रमुख आतिथ्यतामा बिद्यालयको ब्यवस्थापन समितीको गठन गरिएको हो । भेलामा लोसपाका नेता राम गणेशपाल ,वडा नं ६ का अध्यक्ष बिनोद यादव लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन मुकेश चौधरीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०३-१४ , समय : १७:३७:०२ , ७ महिना अगाडि