मिस नाेवेल सिजन सिक्समा सायारा राना विजयी

पार्वती थारु , ५४३  पटक हेरिएको

भैरहवा, फागुन ३०

नोबेल इन्भरमेन्ट एकेडेमीमा मास्टर एण्ड मिस नाेवेल आइकन सिजन सिक्स सम्पन्न भएको छ। रुपन्देहीकाे तिलाेत्तमा १५ मा मधवलियामा रहेकाे गुरुङ भवनमा आयाेजित फाइनल फिनालेमा एकेडेमीका पुर्व विद्यालयका छात्रा तर्फ सायारा राना मिस नाेवेल सिजन सिक्सकाे विजेता बन्नु भएको छ । यस्तै विनिसा पुन प्रथम, युनिसा गुरुङ दाेस्राे र सिधिका बस्याल तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी पुर्व विद्यालयका छात्र तर्फ हिमान्सु आले मिस्टर नाेवेल सिजन सिक्सका विजेता बनेका छन् । यस्तै प्रथम मिस्टरमा राेहन थापा र दाेस्राे मा प्रनाभ पुन भएका छन् ।

प्राथमिक तहअन्तर्गत छात्रा तर्फ भएको छनाेटमा एन्जल गिरि मिस नाेवल बन्नु भएको छ । यस्तै जेनिसा पावरे प्रथम, लक्षिमा गाैतम र तेस्रो स्थानमा प्रिन्सा पुन हुनु भएको छ । प्राथमिक तहअन्तर्गत छात्रतर्फ भएको प्रितस्पर्धामा मिस्टर नाेवेल सिजन ६ काे विजेता युनिक अधिकारी भएका छन् भने याेजिन छन्त्याल प्रथम, रिहान पुन दाेस्राे र केशव गाहाले तेस्राे स्थान प्राप्त गरेका छन् ।

यसैबीच आधारभुत तह अन्तर्गतकाे छात्रा तर्फ अनुस्का कुवार मिस नाेवल सिजन सिक्सकाे विजेता बन्नु भएको छ । यसैगरि सिल्भि कार्की प्रथम, रक्षा पाण्डे दाेस्राे र सन्ध्याङ तरामि तेस्राे मिस नाेवेल काे विजेता बन्नु भएको छ । यसैगरि छात्रतर्फ भएको छानेटमा सफल जिमि मिस्टर नाेवेल सिजन सिक्सकाे विजेता बन्नु भएको छ भने संगम थापा प्रथम र सुमित थारुले दाेस्राे स्थान हासिल गर्दै मिस्टर नाेवेल हुन सफल भएका छन् ।

यसै अन्तर्गत भएको छनाेटमा पुर्व विद्यालयका मिस क्युटिमा विनिसा पुन र केशव गाहा छनाेट हुनु भएको छ । यस्तै उतकृष्ट अनुशासितमा संगम थापा र युनिसा गुरुङ , उत्कृष्ट प्रतिभावानमा हिमान्सु आले र जेनिसा पावरे , सन्ध्या तरामि, सिसधका बस्याल छनाेट भएका छन् । यस्तै एकदमै आत्माविश्वासि आइकनमा रमान हितांग र अनुस्का कुंवर, एकदमै क्रियाशिलमा प्रनाभ पुन र रक्षा पाण्डे , माेस्ट चार्मिङमा रिहान पुन र मियांग थापा, माेस्ट हाईजेनिकमा केशव गाहा र सायारा राना, बेस्ट इस्माइलमा लक्षिमा गाैतम र हिमांश आले, बेस्ट वार्कमा सिल्भि कार्की र संगम थापा बेस्ट प्रस्नालिटिमा युजिन छन्त्याल र युनिसा गुरुङ , बेस्ट स्किनमा एन्जल गिरि र रिहान पुन तथा बेस्ट फाेटाेजेनिकमा सायारा राना, राेजन राना, सिल्भि कार्की , सुमित थारु र प्रिन्सु पुन छनाेट भएका छन् । दर्शककाे छनाेटमा मियान थापा र आयाेजककाे छनाेटमा रमान हितांग परेका छन् ।

मास्टर एण्ड मिस नाेवेल सिजन सिक्स आईकनमा विजेता, प्रथम, दाेस्राे र तेस्राे स्थान हासिल गर्ने सबै विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि तथा साना तथा घरेलु उद्योग महासंघ केन्द्रीय सदस्य वसन्त राेका तथा नाेवेल एकेडेमीका प्रिन्सिपल खिनु गुरुङले सम्मान गर्नु भएको थियाे । यस्तै तिलाेत्तमा एफएम, राज्य टेलिभिजन , तिलाेत्तमा टिभि लगायत मिडिया पाटर्नरलाई पनि प्रमाण पत्रले सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा पशुपति कलेजका क्याम्पस प्रमुख जितबहादुर रास्काेटि, पशुपति मा वि का प्रध्यानाध्यापक वेद नारायण भट्टराई , लगायतले शुभकामना मन्तव्य राख्दै विद्यार्थीकाे चाैतर्फि विकासमा नाेवेल एकेडेमी रुपन्देहीमै पहिलो विद्यालय रहेकाे बताउनु भएको थियाे ।घरेलु तथा साना तथा घरेलु उद्योग महासंघ केन्द्रीय सदस्य वसन्त राेकाकाे प्रमुख आतिथ्ता रहेकाे थियाे भने नाेवेल इन्भारमेन्ट एकेडेमीका प्रिन्सिपल खिनु गुरुङअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

प्रकाशित मिति: २०२४-०३-१३ , समय : १०:१९:१६ , ८ महिना अगाडि