रुपन्देही खबर , ३२० पटक हेरिएको
भैरहवा, फागुन २८
जिल्ला प्रहरी कार्यालय रुपन्दहीले जिल्लाको बिभिन्न स्थानबाट अबैध सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शनिबार अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको एक लाख ८२ हजार ५ सय ९२ रुपैया बराबरको अबैध सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं.०५ तुनिहवा बाट ५ कुन्टल प्याज, ४७ किलो हरियो मटर , ३८ किलो आलु , तिते करेला १५ किलो, खुर्सानि १० किलो, कागती ८ किलो, भेण्डी ३० किलो, चुकन्दर १० किलो , रुख कटहर २६ किलो गरि ३१ ह्जार ५ सय ९२ रुपैया बराबरको सामान वेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
यस्तै गरी वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ कान्छिबजारबाट ६० हजार मुल्य बराबरको २० बोरा १० कुईन्टल प्याज,नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै गरी प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा ६ शिवपुर गोनाहाबाट लु ९ प ४६४२ नम्बरको मोटरसाइकल सहित चिनी नियन्त्रणमा लिएको जनाएको छ । जसको मुल्य ३१ हजार रुपैया रहेको प्रहरीले जनाएको छ । यस्तै गरी प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.२ किशोरपुरबाट १५ बोरा प्याज,१ बोराहरीयो मटर गरी ६० हजार रुपैया मुल्य बराबरको सामान नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति: २०२४-०३-११ , समय : १२:४५:२७ , ९ महिना अगाडि