रुपन्देही खबर , ३२० पटक हेरिएको
भैरहवा, फागुन २५
आज शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ। महाशिवरात्री पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । आज पशुपती क्षेत्रमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुने गर्छ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि रुपन्देहीको भैरहवामा रहेको ऐतिहासिक शिव मन्दिर, नारायणस्थान मन्दिर, कालिका मन्दिर ,बोलबमधाम, मुक्तिनाथ धाम लगायतमा भक्तजनहरुको घुँइचो लागेको छ । हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको शिव मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीहरुले पूजाआजा गर्दै आएका छन ।
भैरहवामा रहेको आज भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ खाने पनि चलन रही आएको छ
प्रकाशित मिति: २०२४-०३-०८ , समय : १६:०४:३३ , ९ महिना अगाडि