रुपन्देही खबर , ६३५ पटक हेरिएको
भैरहवा, फागुन २३
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली गरी ल्याउदै गरेको १४० बोरा प्याज सहित ४ वटा मोटसाइकल र ७ वटा साइकल नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी गोदाम गरिरहेको अवस्थामा युपी ५५एम ५८५९ , लु ५ प ६८२७, पु ४ प ६३६३ र लु ४५ प ८३६२ नम्बरको मोटरसाइकल सहित प्याज लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ कालिदहबाट बरामद गरेको हो । बरामद भएको मोटरसाइकल सहित प्याजको मुल्य ८ लाख १० हजार रहेको प्रहरी जनाएको छ ।
बरामद गरिएको प्याज र मोटरसाइकल आवश्यक कारवाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहियामा पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-०३-०६ , समय : १८:४१:०६ , ९ महिना अगाडि