रुपन्देही खबर , ४५६ पटक हेरिएको
भैरहवा, फागुन २३
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रोहिणी ३ धकधइबाट २ लाख मुल्य बराबरको अबैध सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको २ लाख मुल्य बराबरको २३० पिस पिच्कारी, बच्चाको जुत्ता चप्पल ३२ जोर, जेन्स जुत्ता १३७ जोर, टिर्सट ३५ पिस, रंग १९ प्याकेट, बेलुन ३५ प्याकेट बरामद गरेको जनाएको छ ।
बरामद भएको सामान आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहियामा पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-०३-०६ , समय : १७:४१:३६ , ९ महिना अगाडि