समपुर्ण युवा क्लब सुपौली विजयी हुदै फाइनलमा प्रवेश

रुपन्देही खबर , २२७  पटक हेरिएको

तिलोत्तमा, फागुन २३

रुपन्देहीको तिलोत्तमा १३ मा जारी न्यु सिर्जना कप फुटबल प्रतियोगिता २०८० मा समपुर्ण युवा क्लब सुपौली विजयी हुदै फाइनलमा पुगेको छ । मंगलबार भएको सेमीफाइनल खेलमा तिलोत्तमा ११ तिलोत्तमा लाई १ गोलका विरुद्ध ५ गोल गर्दै समपुर्ण युवा क्लब विजयी भएको हो ।

खेलमा समपुर्ण युवा क्लबका खेलाडी जर्सी नं ८ विज्ञान गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई कार्यक्रमका अतिथि पुर्व राष्ट्रिय खेलाडी जित बहादुर लामाले ट्रफी तथा नगद सहित सम्मान गर्नु भएको थियो ।

यसैगरी आज बुधबारको खेल झरना स्र्पोट्स कल्ब कुन्जलापुर भर्सेज फर्साटिकर युवा कल्ब फर्साटिकर वीच प्रतिस्पर्धात्मक खेल हुने क्लबका प्रचार प्रसार संयोजक तथा सल्लाहकार धन वहादुर चौधरीले बताउनु भएको छ । खेल खेलौ ,स्वस्थ रहौ , खेललाई टेवा पुर्याउ भन्ने नारासहित फुटवल खेल आयोजना गरिएको खेल संयोजक शेर वहादुर गुरुङले बताउनु भएको छ । तिलोत्तमा १३ को न्यु सिर्जना खेल मैदानमा जारी खेलको फाइनल खेल फागुन २६ गते हुने क्लबका अध्यक्ष सोवित थापा दर्लामीले बताउनु भएको छ ।

तिलोत्तमा १३ निवासी स्व.खगी गुरुङसेनीको स्मृतिमा छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगीता (२०८०) सन्चालन भइरहेको छ । न्यु सिर्जना युवा क्लबका संरक्षक क्याप्टेन नरजंग गरुङ तथा स—परिवारको मुख्य प्रायोजकमा नक आउट फुटवल प्रतियोगीता भइरहेको हो । स्थानीय खेलाडी उत्पादनका लागी हरेक वर्ष खेल आयोजना गरिएको क्लबका संरक्षक क्याप्टेन नरजंग गरुङले बताउनु भयो ।

खेलमा प्रथम हुने टिमलाई रु.१ लाख १६ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई रु.६० हजार नगद राशि सहित मेडल र प्रमाणपत्रले सम्मान गरिने छ । यस्तै विद्यागत उत्कृष्ट खेलाडीलाई रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडीलाई रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई रु.३ हजार नगद राशी सहित मेडल र प्रमाण पत्र र उदयमान खेलाडीलाई रु.३ हजार नगद सहित मेडल र प्रमाण पत्रले सम्मान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-०६ , समय : ०८:५१:१० , ८ महिना अगाडि