नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

रुपन्देही खबर , २७७  पटक हेरिएको

काठमाडौं, फागुन २३

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिधि सभामा १० सिट रहेको नेकपा एसलाई पछिल्लो समय बनेको नयाँ सत्ता गठबन्धनले समेटेर जाने भन्दै प्रस्ताव गरेको छ। सोही प्रस्तावलाई केन्द्रमा राखी वर्तमान सरकारमा जाने वा नजाने भन्ने विषयमा आजको बैठकले टुङ्गो लगाउने छ।

प्रकाशित मिति: २०२४-०३-०६ , समय : ०६:३५:४४ , ८ महिना अगाडि