पक्लिहवा मा.वि.मा विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ७७७  पटक हेरिएको

भैरहवा, फागुन २३

रुपन्देहीको श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा कक्षा १० मा अध्ययनरत एस.सि.सि. परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाबाट विद्यालयको अध्ययन–अध्यापनमा प्रविधिसँग जोडी डिजिटलाइज गतिविधीमा सहज होस् भन्ने उद्देश्यले प्राप्त ‘स्मार्टबोर्ड’को समुद्घाटन तथा ‘भूतपूर्व विद्यार्थी समाज’ पक्लिहवा माध्यमिक विद्यालयको तर्फबाट कक्षा ९ मा अध्ययरत विपन्न छात्रा आकृति कोहारको कानको उपचार गर्नका लागि नगद रु.१० हजार सहयोग गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकाशमा सहयोग पुग्नका साथै विद्यालयसँगको सम्बन्ध अझ प्रगाढ भई भोलिका दिनमा विद्यालयको पुर्वाधार तथा शैक्षिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं. १ का जनप्रतिनिधि हरिमाया गुरुङ्ग, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा बहिरा बाल विद्यालयका प्राचार्य भिम बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य सलुजा रामदाम, समाजसेवी माधव शर्मा, मनिषा थापा, अर्पणा गुरुङ्ग, माला गुरुङ्ग, मनिष श्रेष्ठ, नितु थापा, शिक्षक–शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक विद्यार्थीहरुको तर्फबाट विभिन्न प्रतिभा प्रस्फुटन गर्नुका साथै आर्कषक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक शेर बहादुर थापाको स्वागत र शिक्षक देवि प्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-०३-०६ , समय : ०६:१५:०२ , ९ महिना अगाडि