लागु औषधसहित मर्चवारबाट दुइ जना पक्राउ

उर्मिला यादव यात्री , १३६०  पटक हेरिएको

भैरहवा, फागुन २०

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मायादेवी गाउपालिका वडा नम्बर ३ कम्हरिया बस्ने २३ बर्षिय महाबिर यादव र कोटहीमाइ गाउपालिका वडा नम्बर ५ मझगावा बस्ने १९ बर्षिय सतिस कुमार ठाकुर रहेका छन ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले कोटहीमाइ गाउपालिका वडा नम्बर ५ देवन वक्सापुर सडकमा बिहीबार लु १३ प ६७८६ नम्बरको मोटरसाइकल रोकेर चेकजाच गर्दा उनीहरुको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो बस्तु ६.१३ गा्रम फेला पारेको हो । उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागी जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०३-०३ , समय : २०:२४:१७ , ८ महिना अगाडि