गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल छिटटै संचालन गर्ने परराष्ट्रमन्त्री साउदको प्रतिबद्धता

उर्मिला यादव यात्री , ३२४  पटक हेरिएको

भैरहवा, फागुन २०

नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले सरकारले अरर्बाैको लगानीमा बनेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई छिटटै संचालन गर्र्नेे प्रतिबद्धता गर्नु भएको छ । उहाले अन्तराष्ट्रिय बिमानस्थल बनाइसकेपछि त्यसमा प्राबिधिक कमी कमजोरी भएको बताउदै बिमानस्थल संचालनको बिषयमा विभिन्न मुलुकसँग कुटनीतिक पहल भैरहेको जानकारी दिनु भएको छ ।नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिती क्षेत्र नम्बर ३ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेतरहनु भएका साउदले नेपाल भारत ब्यापार लगायत अन्य कुराको सन्दर्भमा रुपन्देही जिल्ला अत्यन्त महत्वपुर्ण ठाउको रुपमा रहेकोले नेपाल सरकारले एडीबी को लोन लिएर अन्तराष्ट्रिय बिमानस्थल बनाएको बताउनु भएको छ ।

उहाले अन्तराष्ट्रिय बिमानस्थलको बारेमा गम्भिर रुपमा अन्य मुलुक संग कुरा राखेको बताउदै यो बिमानस्थललाई चाडो भन्दा चाडो संचालन गर्ने बताउनु भयो । उहाले मित्र राष्ट्र भारतसँग थप हवाई रुटका बारेमा छलफल भइरहेको बताउदै सरकारको लगानीमा रहेका बिमानस्थलहरुलाई ब्यवस्थित रुपमा संचालन गर्ने सम्बन्धमा कुराकानी भैरहेको जानकारी समेत दिनु भएको छ ।परराष्ट्रमन्त्री एनपी साउदले रुपन्देही जिल्ला नेपालको अत्यन्त महत्वपुर्ण जिल्लाको रुपमा रहेको र बौद्ध सम्प्रदायको केन्द्रको रुपमा भगवान सिद्धार्थ जन्मेको ठाउ सबैको लागी पुजनीय रहेको बताउनु भएको छ । उहाले भगवान बुद्धको नामले नेपाललाई चिनाउन पाउँदा गौरवको अनुभुति हुने गरेको बताउनु भएको छ ।

उहाले नेपाली कांग्रेस पार्टीलाई पुरानो पाराले संचालन गर्न नमिल्ने बताउनु भएको छ । उहाले यसलाई मोर डेमोक्रेसी बनाएर लैजानुपर्नेमा जोड दिनु भएको छ । परराष्ट्रमन्त्री साउदले टिकट वितरण प्रणालीलाई विकेन्द्रीत गर्दै जानुपर्नेमा बताउनु भयो । उहाले नेपाली कांग्रेस पार्टी नेपालको इतिहासमा नेतृत्वदायी भुमिकामा पुग्ने बताउदै पार्टीलाइ बलियो बनाउने बारेमा कसैले छलफल र कुरा गर्छ भने यसलाई अन्यथा नलिनुपर्ने जोड दिनु भएको छ ।

उहाले २०५६ सालको निर्वाचनपछि कुनै पनि पार्टीले नेपालमा बहुमत प्राप्त गर्न नसकेको बताउनु भएको छ । उहाले मिश्रित खालको निर्वाचन प्रणालीले पोलिसन कल्चरलाई प्रवद्र्धन गरेको जस्तो देखिएको बताउनु भएको छ । उहाले आफनै पार्टी भित्रको घात अन्तरघात र बिद्रोहलाई ब्यवस्थापन गर्न नसक्दा पार्टीले हार ब्यर्होनु परेको उल्लेख गर्नु भयो । उहाले यस्ता कुराहरुलाई नै आधार बनाएर पार्टी भित्र छलफल र बिचारबिमर्श गर्नुपर्ने जोड दिनु भयो । कुनै पनि पार्टी आफनै बुतामा बहुमत ल्याउने भए गठबन्धन आवश्यक नपर्ने उल्लेख गर्नु भयो । गठबन्धन गरिसकेपछि नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टीको रुपमा उदय भएको बताउनु भयो । उहाले गठबन्धन जनताबाट अनुमोदित भएकोले दिगो किसिमले पाच बर्ष सम्म चलाउनुपर्ने बताउनु भएको छ । गठबन्धन प्रजातन्त्र,पार्टी र राष्ट्रमा स्थिरता ल्याउनका लागी आवश्यक भएको बताउनु भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रिय कोषाध्यक्ष कृष्ण खनालको स्वागत मन्तब्य रहेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य गोबिन्द बहादुर शाह, नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांण, नेपाली कांग्रेस महासमिती सदस्य संबिधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, संबिधान सभा सदस्य सुदुरपश्चिमका बहादुर सिंह थापा, संबिधान सभा सदस्य तथा नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधी जयधुन निशा धुनिया, लगायतले आ आफनो भनाइ राख्नु भएको थियो भने कार्यक्रम संचालन क्षेत्रिय सचिव एवम प्रवक्ता लेखनाथ भटटराइले गर्नु भएको थियो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति शुशिल गुरुंगको अध्यक्षता तथा नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पनन भएको थियो ।

प्रकाशित मिति: २०२४-०३-०३ , समय : १६:२१:१३ , ९ महिना अगाडि