सुनवलका बिभिन्न समिती तथा उपसमितीका संयोजकहरुले एकैपटक दिए राजिनामा

उर्मिला यादव , २१४  पटक हेरिएको

सुनवल, फागुन १५

सुनवल नगरपालिकाको अन्तर्गत रहेको समिती तथा उपसमितीका संयोजक, तथा सदस्यहरुले एकै पटक राजिना दिएका छन । नगरपालिकाकाले हाल सम्म गरेका समिती अन्र्तगतका सम्पादन हुने कामहरुमा नगर प्रमुख तथा उपप्रमुखले कुनै पनि जानकारी नगराइ एकलौटी हिसाबले काम गरेकोले सुनवल नगरपालिका वडा नम्बर ३, ५, ७, ८, ११, तथा १२ का वडाध्यक्षहरुले बिभिन्न समितीबाट राजिना दिएका हुन ।

राजिनामा पत्रमा नगर प्रमुख तथा उपप्रमुखले आफनो हिसाबले कार्यसम्पादन गर्दा दलिय हिसाबमा बहुमतको आडमा काम गर्दै आइरहेको उल्लेख छ । बिगत १४ औं नगरसभा देखि बिभिन्न बिषयमा फरक मत राख्दै असहमति जनाउदा समेत ब्यवास्ता गरेकोले समितीमा छलफल तथा सरसल्लाह नगरेसम्म कार्यपालिकाको कुनै पनि समिती तथा उपसमितीमा नरहने वडा नम्बर ३ का वडाध्यक्ष पबिन गूरंग, वडा नम्बर ५ का वडाध्यक्ष नेत्रलाल शर्मा तिवारी, वडा नम्बर ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्य, ८का वडाध्यक्ष देव बहादुर गुरुंग, ११ का वडाध्यक्ष कमल प्रसाद च्वाइ १२ का वडाध्यक्ष चुरामणी पौडेलले संयुक्त रुपमा राजिनामा दिनु भएको हो ।

वडा नम्बर ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्यले स्थानिय सरकार संचालन ऐन २०७४ मा ब्यवस्था भए बमोजिम सुनवल नगरपालिकाको कार्यपालिका बैठकले पुर्वाधार बिकास समितीको सदस्य नियुक्त गरी कार्य सम्पादन आइरहेकोमा हाल सम्म गरेका पुर्वाधार बिकास समिती अन्र्तगतका सम्पादन हुने सबै कामहरुमा नगर प्रमुख तथा उपप्रमुखले कुनै पनि जानकारी नगराई एकलौटी हिसाबले काम गर्ने , कुनै छलफल तथा सरसल्लाह नगरी आफनो हिसाबले बजेट बिनियोजन गरेको हुदा उक्त पदमा रहन औचित्य नदेखेकाले नदीजन्य पदार्थको उपसमितीको सदस्य पदबाट राजिनामा दिएको उल्लेख गर्नु भएको छ ।
यस्तै गरी वडा नम्बर ८ का वडाध्यक्ष देव बहादुर गुरुंगले सुनवल नगरपालिकाको कार्यपालिका बैठकले आर्थिक बिकास समितीको संयोजक नियुक्त गरी कार्य गर्दै आइरहेकोमा हालसम्म गरेका आर्थिक बिकास समिती अन्र्तगतका सम्पादन हुने सबै कामहरुमा नगरप्रमुख तथा उपप्रमुख कुनै जानकारी नगराई एकलौटी हिसाबले काम गर्दै आएको र कुनै छलफल तथा सल्लाह नै नगरी आफनो हिसाबले बजेट बिनियोजन गरेकोले आर्थिक बिकास समितीको संयोजक पदबाट राजिनामा दिएको रानिनामापत्रमा उल्लेख गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०२-२७ , समय : ११:१०:४८ , ८ महिना अगाडि