रुपन्देहीको सियारी ७ अमुवा बजारमा अमुवा स्केटिङ्ग पार्क संचालनमा

उर्मिला यादव , २०६  पटक हेरिएको

सियारी, फागुन १४

रुपन्देहीको सियारी ७ अमुवा बजारमा सोमबारदेखी अमुवा स्केटिङ्ग पार्क संचालनमा आएको छ । पार्कको समाजसेवी बिष्णु बहादुर बानिया क्षेत्रीले एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको छ । पछिल्लो समय बालबालिकामा मोवाइलको लत बढदै गएकोले उनीहरुलाई खेलतर्फ आकर्षित गर्नका लागी अमुवा स्केटिङ्ग पार्क संचालनमा ल्याइएको संचालक बिजयनाथ यादवले बताउनु भएको छ ।


उहाले यस खेलले बालबालिकामा शारीरिक स्फुर्ती बढने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले अमुवामा संचालन गर्नुको मुख्य उदेश्य नै यहाका बालबालिकाहरु खेल खेल्नका लागी बाहिर जानुपर्ने अवस्थाको मध्यनजर गर्दै अभिभावकहरुको रुचि र माग अनुसार नै यो पार्क संचालनमा ल्याएको बताउनु भएको छ ।

अमुवा स्केटिङ्ग पार्कमा बालबालिकाहरुलाई खेल खेल्नका लागी प्रतिघण्टाको १५० रुपैया र महिनाको प्याकेज अनुसार तीन हजार रुपैया शुल्क निर्धारण गरिएको संचालक यादवले बताउनु भयो । करिब ३० लाखको लागतमा पार्क संचालनमा ल्याएको उहाले जानकारी दिनु भयो । सियारी ७ अमुवामै पहिलो पटक स्केटिङ्ग पार्क संचालनमा आएपछि रुचि राख्नेहरुले सिक्ने र खेलमा सहभागी जनाउने संचालकहरुको अपेक्षा रहेको छ । खेल सिकाउनका लागी २ जना अनुभवी प्रशिक्षक संगै सम्भाबित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामग्री प्रयोगको ब्यवस्था गरिएको संचालक शैलेन्द्र सिंह शैतवारले बताउनु भयो ।

समाजसेवी बिष्णु बहादुर बानिया क्षेत्रीले अमुवामा स्केटिङ्ग पार्क संचालन हुनु अमुवा बासीको लागी खुसीको बिषय भएको बताउनु भएको छ । उहाले छोटो समयमा नै पार्क संचालन भएकोले यहाका बालबालिकाहरु खेल खेल्नका लागी बाहिर जानुनपर्ने बताउनु भयो । उहाले यो खेल नया पिढीका लागी अति आवश्यक भएकोले बालबालिकाहरुलाई यस खेलप्रति रुचि देखाउन आग्रह गर्नु भएको छ ।
अमुवामा संचालन भएको स्केटिङ्ग पार्कमा बिजयनाथ यादव, चन्द्रकान्त भटटराइ ,शैलेन्द्र सिंह शैतवार र नुमाकर डुम्रेकोे संयुक्त लगानीमा पार्क संचालनमा आएको हो ।

प्रकाशित मिति: २०२४-०२-२६ , समय : २०:००:४७ , ९ महिना अगाडि