रुपन्देही खबर , ३५६ पटक हेरिएको
लुम्बिनी, फागुन १३
लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा वडा नम्बर ३ पडिरिया खेलमैदानमा बिराट कुस्ती दंगल सुरु भएको छ । कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिन मुसलमानले नेपालबाट कुस्ती खेल लोप हुदै गएकोले यसको संरक्षणका लागी कुस्ती खेल आयोजना गरिएको बताउनु भएको छ । उहाले स्वास्थ्यका लागि खेलकुद अति आवश्यक भएकोले खेलको बिकास र संरक्षणमा नगरपालिकाले काम गर्दै आएको बताउनु भएको छ ।
उहाले खेलकुदले नै शरिर बलियो बनाउने हुदा खेलकुद संगै खानपिनमा समेत ध्यान दिन आग्रह गर्नु भएको छ । उहाले कुस्ती खेलले लुम्बिनीका युवाहरुको खेलमा मनोबल बढाउदै राष्ट्रिय सम्म लैजाने आगामी योजनाका यसलाई निरन्तरता दिने जोड दिनु भयो ।
जमालुद्दिन खानको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका नगर उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली, वडा नम्बर ५का वडाअध्यक्ष खुर्सेद मुसलमान, वडा नम्बर ४का अध्यक्ष विनोद कुमार श्रीवास्तव , नेपाली कांग्रेस नगर सल्लाहकार मोहम्मद सईद , नगर सचिव राजन उपाध्याय, लुम्बिनी ईलाका प्रहरी निरक्षक कन्चन तामाङ, शसस्त्र प्रहरी बल पडिरिया डिएसपी समिर गौतम लगायतका सहभागिता रहेको थियो । बिराट कुस्ती दंगल खेलमा नेपालबाट र भारतको मुम्बई, पन्जाब, लखनऊ, दिल्ली ,विहार ,गोरखपुर ,हरियाना, झारखण्डका पहलमानहरुको सहभागीता रहेको छ ।
प्रकाशित मिति: २०२४-०२-२५ , समय : १३:४६:४८ , ९ महिना अगाडि