जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको प्रमुखमा यादव विजयी

महेश यादव , ९०७  पटक हेरिएको

नवलपरासी , जेठ ३१

जिल्ला समन्वय समितिको प्रमुखमा
गठबन्धन दललाई पराजित गर्दै नेकपा एमालेका भगौति यादव ( रुदल) बिजयी हुनुभएको छ । गठबन्धन दलका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बालिन्द्र विक्रम शाहीलाई ( १) एक मतले पराजित गर्दै नेकपा एमालेका भगौति यादव ( रुदल) विजयी हुनुभएको हाे ।

पश्चिम नवलपरासी जिल्लामा रहेको ७ वटै पालिकाहरु मध्ये नेपाली काङ्ग्रेसका पालिका प्रमुख एवं उपप्रमुखमा ६ जना र नेकपा एमालेका प्रमुख तथा उप प्रमुखगरी ५ जना तथा माओबादीबाट २ जना र राप्रपाबाट १ जनागरि पालिका उपप्रमुख मा विजयी हुनु भएको थियो ।

 

जिल्ला समन्वय समितिको निर्वाचनमा १४ जनाले मतदान गरेकोमा नेकपा एमालेकाे तर्फबाट प्रमुखकाे उमेदवार भगाैति यादवले ७ मत प्राप्त गरेर नेपाली काङ्ग्रेसका शाहीलाई १ मतले पराजित गर्दै विजयी हुन सफल हुनुभएको हाे । जसमध्ये नेपाली काङ्ग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको थियो ।

 

प्रकाशित मिति: २०२२-०६-१४ , समय : १६:५१:२६ , २ वर्ष अगाडि