महिला समाज र सम्पतिबाट बहिस्कृत भए

रुपन्देही खबर , २१५  पटक हेरिएको

सुर्खेत,फागुन ७

‘समान हैसियत भएका, समान उद्देश्य भएका र एउटै ठाउँमा बस्ने व्यक्तिहरु भएको स्थानलाई समाज भनिन्छ,’ दलित महिला अधिकारकर्मी मञ्जु सुनारले भन्नु भयो, ‘तर हाम्रो समाज विभेदले भरिएको छ । जहाँ लैङ्गिक विभेद छ । जातिय विभेद छ । भौगौलिक विभेद छ । वर्ग र धर्मका आधारमा विभेद छ ।’
महिलालाई, आमा, छोरी, बुहारी, श्रीमती वा दिदी बहिनीको परिचय त दिइयो । तर सिंगो मानवका रुपमा आफ्नो पहिचान बनाउनका लागि महिलाले अझै पनि संघर्ष गर्नु पर्ने अवस्था रहेको छ । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा महिला अधिकारकर्मी सुनारले सुनाउनु भयो । ‘हामी अझैपनि परिवार, समाज र राज्य स्तरबाट दविनु परेको छ ।

कर्णाली उत्सवको तेस्रो दिन सोमबार ‘समाज र संघर्ष’ सत्रमा मञ्जुले महिला र जातीय विभेदबारे बोल्नु भयो । मञ्जुसंगै हुनुहुन्थ्यो अधिकारकर्मी ममता नगाल, पवित्रा शाही र टीका बुढाथोकीले समाजमा महिलाले गरेको संघर्ष बारे मन्थन गर्नु भएको छ । आफना दुःख, भोगाइ र संघर्ष बारे खुलेर छलफल गर्नु भएको छ ।

राजनीतिक तवरबाट अहिले पनि महिला अधिकार, महिला सशक्तिकरण, समानता र समताको विषयमा जतिसुकै चर्का भाषण गरेपनि कर्णाली महिला अहिलेपनि चुलाचौकाभन्दा माथी उठ्न नसकेको मञ्जुले बताउनु भयो । ३० वर्षदेखि दलित महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी सुनारले भन्नु भयो, ‘आफनै परिवारभित्र विभेद छ । आफनै छोरा र छोरीलाई त फरक व्यवहार गरिन्छ । दलित महिलाहरुले त झनै विभेदभीत्र विभेद खेप्नु परेको छ ।’

पोथी बासेको सुहाँदैन भन्ने समाजमा अधिकारको आवाज उठाउन सहज नभएको उहा बताउनु हुन्छ । ‘२०५० सालमा शिक्षीका भएर एउटा गाउँमा पढाउँन गए । त्यो समाजले मलाई कोठा दिएन् । मेरो शिक्षा चल्थ्यो तर मलाई बस्ने ठाउँ थिएन्,’ उहाले भन्नू भयो । ‘अधिकारका आवाज उठाउँदा अनेकौ विभेद र लाल्छान भोगेकी छु ।’
अर्की अधिकारकर्मी ममता नगालले दुई वर्ष अगाडी मात्रै एउटा पुजामा जाँदा विधवाले पकायको रोटी चल्दैन भन्दै बाहिर पठाइएको तितो अनुभव सुनाउनु भयो । ‘यो समाज बाहिर एउटा बोल्छ । घरभित्र अर्कै व्यवहार पर्छ । परिवर्तनका चर्का आवज बोलनेहरुनै विभेदको कारक हुन्,’ उहाले भन्नु भयो, ‘कर्णालीमा चरम विभेद छ । अपमान छ । भए नभएका सामाजिक विभेदका बन्धनहरु छन् । त्यही बन्धनमा हामी बाँधिएका छौं । हामीलाई समाजले स्वीकार्दैन, हाम्रो सम्पतिमा समेत अधिकार छैन् ।’

सानै उमेरमा विवाह गरेकी ममताको श्रीमान सशत्र प्रहरी थिए । माओवादी द्धोन्द्धका बेला उहाका श्रीमान मारिए । ‘त्यो समाजले मलाई किरिया गर्न समेत दिनएन। म गाउँमा न्याय नपाएर, एउटा दुधे वालक च्यापेर यो सपनाको सहर वीरेन्द्रनगरमा आएको हुँ’ उहाले भन्नू भयो, ‘मलाई थाहा छ, यो समाजले एउटी महिला माती छालछना लगाउँन सक्छ । कति विभेद गर्न सक्छ ।’

सुर्खेतमा आएपछि ममताले अर्को संघर्ष गर्नु भयो । आफु जस्तै १६–१७ वर्षीया एकल महिलाहरुलाई संगठित गरेर अधिकारका लागि आवाज उठाँउन थाल्नु भयो । द्वन्द प्रभावित महिलाहरुको न्यायका लागि लड्न थाल्नु भयो। राष्ट्रिय महिला सञ्जाल, सुर्खेतकी अध्यक्ष समेत रहेनु भएको ममता भन्नु हुन्छ। ‘हामी बसेको घर, हाम्रो नाममा छैन् । एकाध महिला पढेलेखे होलान, जागिर खाएका होलान । आफनो बोली प्रष्टरुपमा राख्न सक्छन् होला । तर ८० प्रतिसत भन्दा बढि महिला चुलोचौकोभन्दा माथी उठ्न सकिरहेका छैनन् । समाज र सम्पतिबाट बहिस्कृत छन् ।’
समाज महिलाहरु स्थापित हुँन र आफनो मर्यादा कायम गर्न छुटै संघर्ष गर्नुपरेको महिला अधिकारकर्मी पवित्रा शाही बताउँनु हुन्छ ।
। ‘एउटी महिला पूर्ण मान्छे भएर बाँच्न पाएको अवस्था छैन् । उ परिवारबाट दमित हुँन्छे । सामाजिक बन्धनमा बाँधिन्छे,’ उहाले भन्नू भयो ‘कर्णालीको समाज अहिलेपनि छोरीको बिउ रोप्न चाहाँदैनौं । छोरी गर्भमै मारिन्छिन् । यो हाम्रो वाध्यता हो ।’
शक्ति, सत्ता र पहुँचबाट रहेकाहरुले नै महिला माथी दमन गर्ने गरेको उहाले बताउनु भयो । ‘जहाँ सक्ता र शक्ति हावि हुन्छ, त्यहाँ अन्याय, अत्याचार, विभेद, विसंगति र विकृति हुन्छ’ उहाले भन्नुब भयो, ‘त्यसैले हामी सभ्य समाज बनाउँनलाई समानता कायम गर्नु पर्छ । मेरो जिवनको संघर्ष नै महिला र पुरुषमा समान्ता ल्याउनु हो ।’

अधिकारकर्मी टिका बुढाथोकी कर्णालीको समाजले अहिलेपनि छोरालाई बोडिङ्ग र छोरीलाई सरकारी विद्यालय पढाउने गरेको बताउनु भएको छ । ‘महिला र पुरुषको विभेद प्रत्येक घर घरमा छ । त्यो यो समाजको उपज हो । चुलोचौको बाट उठेर यो स्टेजमा आई पुगेका छौं’ उहाले भन्नु भयो, ‘हामीले प्रत्येक पाइला पाइलामा विभेद भोगेका छौं ।’

प्रकाशित मिति: २०२४-०२-१९ , समय : १७:१९:४० , ८ महिना अगाडि