पश्चिम नवलपरासीमा बस दुर्घटना हुदा ७ जना घाइते

प्रकाश न्यौपाने , ५३४  पटक हेरिएको

नवलपरासी , जेष्ठ ३०

पश्चिम नवलपरासीको प्रतापुर गाउपालिका ९ रुपौलिया पुलमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन ।

प्रतापपुर गाउपालिकामा रहेको पश्चिम ठुलाे गण्डक नहरकाे पिच वाटाेमा बिहान करिब ११ वजे त्रिबेणि देखि वर्दघाट तर्फ जादै गरेको लु १ ख ३०८५ नम्बरको मिन्नि बस दुर्घटना भएको हो ।

बस गण्डक वाटाे देखि ३० फिट पर पलटिएको हो । घाईतेहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय बेलाटारिले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०६-१३ , समय : १६:४१:०७ , २ वर्ष अगाडि