तिलोत्तमा १३ मा छैठौ न्यु सृजना कप नककाउट फुटवल प्रतियोगिता हुने

उर्मिला यादव , २५४  पटक हेरिएको

तिलोत्तमा, फागुन ५

रुपन्देहीको तिलोत्तमा १३ करौजियामा नककाउट फुटवल प्रतियोगिता २०८० हुने भएको छ । न्यु सृजना युवा क्लब तिलोत्तमा १३ करौजिया रुपन्देहीले स्वर्गीय खगी गुरुंगसेनीको स्मृतिमा छैठौ न्यु सृजना कप नककाउट फुटवल प्रतियोगिता २०८० गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिता यहि फागुन ९ गतेदेखि २६ गते सम्म संचालन हुने क्लबका अध्यक्ष सोबित थापा दर्लामीले बताउनु भएको छ । न्यु सृजना युवा क्लबका संरक्षक तथा पत्रकार सम्मेलनका प्रमुख अतिथी क्याप्टेन नरजंग गुरुंगले दक्ष खेलाडी उत्पादन गर्दै रुपन्देहीलाई खेलकुदको हबको रुपमा विकास गर्न प्रतियोगिताले सहयोग गर्ने बताउनु भएको छ । उहाले बि.स. २०६० सालमा न्यु सृजना क्लबको स्थापना गरी खेलकुदको क्षेत्रमा काम गर्दै आए पनि सोचे अनुरुप खेलाडीहरुलाई अगाडी बढाउन नसकेको बताउनु भएको छ ।

यस्तै गरी पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सोबित थापा दर्लामीले खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित युवा उत्पादन गर्ने उदेश्यका प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनु भएको छ । उहाले यहि फागुन ९ गतेदेखि हुने फुटवल प्रतियोगितामा प्र्र्र्र्र्र्र्र्र्रथम हुने समुहलाई १ लाख १६ हजार नगद तथा कप, मेडल, र प्रमाणपत्र, द्धितिय हुने समुहलाई ६० हजार नगद, कप, मेडल, र प्रमाणपत्र प्रदान गर्ने जानकारी दिनु भएको छ ।

यस्तैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, कप,मेडल, र प्रमाणपत्र, सर्वाधिक गोल कर्ता खेलाडीलाई नगद ५ हजार,कप मेडल र प्रमाण पत्र, उदयमान खेलाडीलाई नगद ३ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष दर्लामीले जानकारी दिनु भएको छ ।

क्लबका सचिव धनकुमार कालुंगको स्वागत मन्तब्य रहेको पत्रकार सम्मेलनमा फुटवल प्रतियोगिताको रेफ्री अमर पुन, खेल संयोजक शेर बहादुर गुरुंग, सम्पुर्ण युवा क्लबको सचिव रबि अर्याल, झरना स्र्पाेटस क्लबका सचिव सिजन थापा, करौजिया टोल बिकास संस्थाका अध्यक्ष सबिराम समैमगर,रुपन्देही फुटवल संघका सदस्य तथा लिस्नु युवा क्लबका सहसचिव रामु भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रम संचालन क्लबका बरिष्ठ सल्लाहकार धनबहादुर चौधरीले गर्नु भएको थियो ।

प्रतियोगिता आयोजनाका लागि ६ लाख ७४ हजार बढी खर्च लाग्ने अनुमान गरिएको छ भने खेल हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २०२४-०२-१७ , समय : २१:५६:१३ , ८ महिना अगाडि