बैदेशिक रोजगारसंग सम्बन्धित ब्यक्ति तथा परिवारहरुका लागी किशोरपुरमा अभिमुखीकरण

बैदेशिक रोजगारीमा जादा यसबारे पुर्ण जानकारी लिएर मात्र जानुपर्ने बिषयमा छलफल

उर्मिला यादव , ३३४  पटक हेरिएको

भैरहवा, फागुन ५

सिद्धार्थ नगरपालिका द्धारा संचालित सुरक्षित आप्रावासन सामी कार्यक्रमले बैदेशिक रोजगारसंग सम्बन्धित ब्यक्ति तथा परिवारहरुका लागी समुदाय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सक्षम साहारा बहुउदेश्यि महिला समुह सिद्धार्थनगरका अध्यक्ष शान्ता कण्डेलको अध्यक्षता तथा सुरक्षित आप्रवासन सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत रुबिता पुलामीको प्रमुख आतिथ्यतामा शुक्रबार सिद्धार्थनगर ६ किशोरपुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण गर्दै सुरक्षित आप्रवासन सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत पुलामीले देशभित्र पर्याप्त रोजगारीको अवसर नहुदा धेरै युवाहरुको लागी अल्पकालीन रोजगारीको बिकल्पको रुपमा बैदेशिक रोजगारी रहेको बताउनु भएको छ । उहाले आर्थिक बर्ष २०७९÷ ८० मा श्रम स्वीकृति ७ लाख ७१ ह्जार ३ सय २७ जनाले लिएको जानकारी दिनु भएको छ । जसमा ७२ हजार १ सय ३४ महिला , ६ लाख ९९ हजार १ सय ९३ जना पुरुष रहेका छन ।

यस्तै गरी लुम्बिनी प्रदेशबाट आर्थिक बर्ष २०७९÷८० मा १ लाख ३६ हजार १ सय २८ जनाले श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएको कार्यक्रमको सामाजिक परिचालन अधिकृत पुलामीले जानकारी दिनु भएको छ । जसमा १ लाख २८ हजार ४३ जना पुरुष र ८ हजार ८५ जना महिला रहेका छन । हाल दैनिक सरदर २ हजार २ सय जना बैदेशिक रोजगारीमा जाने गरेको बैदेशिक रोजगार बिभागको तथ्यांकमा उल्लेख छ ।
पुलामीका अनुसार आर्थिक बर्ष २०७९÷८० मा रुपन्देहीबाट २३ हजार २ सय ५९ जनाले श्रम स्वीकृत लिएका छन । भने आर्थिक बर्ष २०८०÷८१ पौष मसान्त सम्ममा १० हजार ९ सय ९४ जनाले श्रम स्वीकृत लिएर बैदेशिक रोजगारीमा गएका छन ।

आर्थिक बर्ष २०७९।८० मा बैदेशिक रोजगारीबाट १२ खर्ब ,२० अर्ब, ५६ करोड बिप्रेषण भित्रिएको कार्यक्रमको सामाजिक परिचालन अधिकृत पुलामीले जानकारी दिनु भएको छ । जुन ५६ प्रतिशत भन्दा बढि घरपरिवारमा विप्रेषण प्राप्त भएकोे छ । जुन कुल ग्राहस्थ उत्पादनको करिब २३ प्रतिशत हो । यसले गरिबी न्युनीकरणमा महत्वपुर्ण योगदान पुरयाएको छ भने शिक्षा स्वास्थ्य लगायतको क्षेत्रमा पहुंच बृद्धि हुनुका साथै महिलाको नेतृत्वमा बिकास भएको अधिकृत पुलामीको भनाइ छ ।

बैदेशिक रोजगारीबाट सकरात्मक प्रभाव परेका छन भने एकातिर यसबाट बिभिन्न किसिमका जटिल समस्याहरु समेत उत्पन्न भएका छन । आर्थिक बर्ष २०७९÷८० मा ७ लाख ७१ हजार ३ सय २७ जना बिदेश गएकोमा १ हजार ६२ जनाको बिदेशमा नै मृत्यु भएको बैदेशिक रोजगार बिभागको तथ्यांकमा उल्लेख छ भने ३३५ जना अंगभंग भएका छन ।यस्तै गरी आर्थिक बर्ष २०८०। ८१ मा २५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । रुपन्देहीमा आर्थिक बर्ष २०७९, ८०मा १३४ जनाको बिदेशमा मृत्यु भएको बैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख छ ।

बैदेशिक रोजगारीमा ठगीको क्रम बढदो मात्रामा रहेको छ । प्रमाणहरु नहुदा यस्ता समस्याहरु समाधान गर्न समस्या रहेको छ । बैदेशिक रोजगारीमा जादा यसबारे पुर्ण जानकारी लिएर मात्र जानुपर्ने बिषयमा छलफल गरिएको थियो । बैदेशिक रोजगारीमा जादा धेरै मानिसहरु ठगिने भएकोले ठगीमा परेका ब्यक्तिलाई कसरी न्याय दिन सकिन्छ भन्ने बिषयमा छलफल समेत गरिएको थियो ।

कार्यक्रमको सहजीकरण गर्दै सुरक्षित आप्रवासन सामी कार्यक्रमका सुचना तथा परार्मशकर्ता अनिता रायमाझीले नेपालमा सुरक्षित आप्रवासन सामी कार्यक्रम बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित एवम शोषण रहित बनाउन नेपाल सरकार र स्वीस सरकारबिच भएको द्धिपक्षीय सम्झौता अनुरुप संचालित भएको जानकारी समेत गराउनु भएको थियो । उहाले बैदेशिक रोजगारीमा जादा सीप सिकी ,श्रम स्वीकृती लिएर मात्र जानुपर्नेमा जोड दिनु भएको छ । बैदेशिक रोजगारीमा जादा कसरी सुरक्षित साथ जाने बिषयमा जानकारी गराउदै न्यायमा पहुच लगायत बिषयमा समेत सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सक्षम साहारा बहुउदेश्यि महिला समुह सिद्धार्थनगरका अध्यक्ष शान्ता कण्डेलले बैदेशिक रोजगारसंग सम्बन्धित ब्यक्ति तथा परिवारहरुका लागी समुदाय अभिमुखीकरण कार्यक्रम एकदमै फलदायी भएको बताउनु भएको छ । उहाले यस्ता कार्यक्रमले बैदेशिक रोजगारीमा जाने ब्यक्ति र घरपरिवार समेत यस बिषयमा जानकार हुदा भबिष्यमा बिदेशमा कुनै पनि समस्या पर्दा पहल गर्न सहज हुने बताउनु भएको छ । उहाले यस्ता कार्यक्रम अझै पनि समाजका लागी आवश्यक भएकोले यसलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा सिद्धार्थनगर ६ किशोरपुरका स्थानिय, सरोकारवाला ब्यक्तित्वहरु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन सक्षम साहारा बहुउदेश्यि महिला समुह सिद्धार्थनगरका सहसचिव रबिना भण्डारीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-१७ , समय : १६:४६:२४ , ८ महिना अगाडि