भैरहवामा फागुन ४ र ५ गते राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० हुने

उर्मिला यादव , ४९६  पटक हेरिएको

भैरहवा, फागुन २

महिलालार्ई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ रुपन्देहीको भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा यही फागुन ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुने आयोजकले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २५० देखि ३ सय जना महिला उद्यमी ब्यवसायीहरुको सहभागिता रहनेछ । सम्मेलनमा सातै प्रदेशका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनी सहित प्रायोजकहरु गरी १० वटा स्टल रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

सम्मेलन नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी बिकास समितीको अगुवाइमा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग बाणिज्य संघको समन्वय तथा सहकार्यमा आयोजना गर्न लागिएको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनु भएको छ । राष्ट्रिय महिला उद्यमी सम्मेलनको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल सरकारका संघिय , प्रादेशिक एवम स्थानिय प्रतिनिधीहरु, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय, प्रदेशस्तरीय, एवम स्थानिय प्रतिनिधीहरु ,सरोकारवाला निकायका प्रतिनिधीहरु एवम सम्बन्धित बिज्ञहरुको सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघ महिला उद्यमी बिकास समितीको सभापति कमला श्रेष्ठले महिला उद्यमी सम्मेलन पहिलो पटक लुम्बिनी प्रदेशको रुपन्देहीमा आयोजना हुन लागेको जानकारी दिनु भएको छ ।

महिलाहरुले उत्पादन गरेका बस्तुहरुको चिनारी गराउनुका सा थै
महिलाहरुको अर्थतन्त्रमा योगदान अनौपचारिक माध्यमबाट बढी रहदा रहदै पनि ग्रामिण वा औपचारिक अर्थतन्त्रमा बिद्यमान रहेको न्युन प्रतिशतको हिस्सालाई महिला उद्यमीको रुपमा प्रोत्साहन गरी ब्यापक रुपमा महिलाहरुले अर्थतन्त्रमा पनि योगदान पुरयाउन यो राष्ट्रिय महिला उद्यमी सम्मेलनले महत्वपुर्ण योगदान पुग्ने बिश्वास लिएको नेपाल उद्योग बाणिज्य महासंघ महिला उद्यमी बिकास समितीको सभापति कमला श्रेष्ठले बताउनु भएको छ ।

महिला उद्यमीको बिकास , बिस्तार एवम प्रवद्र्धनका साथै महिला सशक्तिकरणमा सहयोग पुरयाउने उदेश्यले आयोजना गर्न लागिएको सम्मेलनमा महिला उद्यमशिलता र नतिजा, बित्तिय पहुच , पर्यटनका सम्भावना र चुनौती , युवा महिला, स्टार्टअपका लागी गरिएका पहल साथै भएका ब्यवस्था लगायतका ५ बिषयमा बिज्ञहरुसंग छुटटा छुटटै छलफल गरिने महिला उद्यमी बिकास समितीका सभापति श्रेष्ठले जानकारी दिनु भएको छ ।

पत्रकार सम्मेलनमा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले बोल्दै भैरहवामा आयोजना हुन लागेको राष्ट्रिय महिला उद्यमी सम्मेलनले महिलाहरुलाई ब्यवसायिक रुपमा सशक्तिकरण बनाउने भएकोले उद्योग ब्यवसाय गर्ने महिलाहरुको लागी यो सकरात्मक पक्ष भएको बताउनु भएको थियो । आर्थिक रुपमा सशक्त नभए सम्म महिला उद्यमी सफल हुने नसक्ने भएकोले सीप मुलक शिक्षा र स्वयम इच्छा हुन आवश्यक भएको कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए ।

राष्ट्रिय महिला उद्यमी सम्मेलनलाई सफल बनाउन लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका,सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका,लुम्बिनी प्रदेशका स्थानिय निकायहरु, आई.एम.ई.ग्रुप,लक्ष्मी ग्रुप, हेरिटेज फलोर एण्ड कार्पेट प्रा.लि., मेरिगोल्ड,सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, मेटलाइफ, इन्स्योरेन्स कम्पनी र बोटलर्स नेपाल प्रा.लि.कोे प्रायोजन रहेको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०२-१४ , समय : २१:५८:१० , ९ महिना अगाडि