बर्दघाट १६ मा ८औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता शुरु

रामु भुसाल , ३१०  पटक हेरिएको

बर्दघाट, माघ २९

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६, सूर्यनगर रंगशालामा सोमबार देखी ८औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।

नव युवा क्लब सुर्यनगरको आयोजना तथा बर्दघाट नगरपालिकाको सरंक्षकत्वमा शुरु भएको फुटवल प्रतियोगिताको सोमबार पहिलो दिनको खेलमा नवलपरासी ११ विजयी भएको छ ।। नवलपरासी ११ र तनहु ११ बीच भएकोे खेलमा प्रतियोगीता शुरु भएको ३ मिनेटनै तनहु ११ का जर्सी नम्बर ११ का खेलाडी यामिले पहिलो गोल गर्न सफल भएका थिए । त्यसैगरी १० औं मिनेटमा नवलपरासी ११ कै खेलाडी जर्सी नम्बर १० का बिनोद केवटले गरेका थिय भने खेलको २७औ मिनेटमा तनहु ११ का खेलाडी जर्सी नम्बर १४ का अजित लामा र ३९ मिनेटमा नवलपरासी ११ का जर्सी नम्बर १२ का अनिल ब्यम्बु ले गोल गरि बराबरी भयका थिय भने खेलको दोस्रो हाफको ३८औ मिनेटमा नवलपरासी ११ का जर्सी न ९ का जुनियर फोफोनाले गरेको तेस्रो गोलनै नवलपरासीका लागि निर्णायक गोल बन्न पुगेको थियो ।  खेलमा २ का बिरु३ गोल गरि नवलपरासी ११ बिजयी भएको हो।

आजको खेलमा नवलपरासी ११ का खेलाडी जर्सी नम्बर ५का जय गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् । यसअघि ८औं सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता २०८० को समुद्घाटन कार्यक्रम नव युवा क्लवका अध्यक्ष अमर बाहादुर थापाको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले बर्दघाट नगरपालिकाले खेलाडीहरुको प्रोत्साहनका लागि सदैव सहयोग गर्ने बताउदै बर्दघाट नगरपालिकामा सुर्य नगर रंगशाला निर्माणमा अझै सशक्त भएर लाग्ने प्रतिबद्धता गर्नु भएको थियो ।

क्लबका उपाध्यक्ष पदम राज सापकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका प्रसान्त भुर्तेल र लक्ष्मि गुरुङले गर्नुभएको थियो । मंगलवारको खेल नेपाल पुलिस क्लब र बार्सा नेपाल काठमाडौ बिच हुने खेल सम्योजक भरत गुरुङले जानकारी दिनु भयो।

प्रजातन्त्र दिवसको अवसर पारि नव युवा क्लब बर्दघाट १६ सुर्यनगरले लुम्बिनी प्रदेशकै दोस्रो सर्वाधिक पुरस्कार राशिको ८ औ सस्करणको सुर्यनगर गोल्डकप माघ २९ गतेबाट सुरु भएको र फाल्गुन ७ गते समापन हुने भएको छ । खेलमा प्रथम हुने टिमले नगद ५ लाख र द्वितीय हुने टिमले रु ३ लाख सहित मेडल र प्रमाणपत्र हात पार्ने छ्न ।

प्रकाशित मिति: २०२४-०२-१२ , समय : २१:१२:१८ , ९ महिना अगाडि