रुपन्देही खबर , १२२१ पटक हेरिएको
लुम्बिनी,माघ २७
स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको इन्द्र हेल्थ क्लिनिक सिद्धार्थनगर भैरहवाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अधिवक्ता एवंम समाजसेवी शेषमन यादवको आयोजना तथा इन्द्र हेल्थ क्लिनिकको सहयोगमा शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ मोगलहामा एक दिवसीय निशुल्क स्वस्थ्य शिबिर सम्पन्न भएको हो ।
निशुल्क स्वास्थ्य शिबिरको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी डा. बिष्णुमुर्ति भट्टराईले स्वास्थ्य नै मानवको अमुल्य धन भएकोले आफनो स्वास्थ्यको बिशेष ख्याल गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाले इन्द्र हेल्थ क्लिनिकले समुदाय स्तरमा रहेर स्वास्थ्य सेवा प्रदान गर्नु उदाहरणीय कार्य भएको बताउनु भएको छ । यस्तै गरी कार्यक्रममा विशिष्ट अतिथि डा. रणधिर यादव, डा. हरिश धवलले मानव स्वास्थ्यको बिषयमा प्रकाश पार्नु भएको थियो ।
शिबिरमा मधुमेह तथा ब्लड प्रेसर निशुल्क परिक्षण तथा परामर्श गरिएको कन्सल्टेण्ट फिजिसियन डा. रणधिर यादवले जानकारी दिनु भएको छ । स्वास्थ्य शिविरमा ४९५ जनाले स्वास्थ्य जाच गराएका छन भने इन्द्र हेल्थ क्लिनिक सिद्धार्थनगर भैरहवाले बिरामीहरुलाई निशुल्क औषधी समेत बितरण गरेको थियो । पछिल्लो समय रुपन्देहीको ग्रामिण भागमा पुगेर डा. रणधिर यादवले निरन्तर बिपन्न समुदायमा सेवा प्रदान गर्दै आउनु भएको छ । निशुल्क स्वास्थ्य शिबिरमा डा. रणधिर यादव, डा. बिष्णुमुर्ति भट्टराईले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य सम्बन्धी परार्मश समेत प्रदान गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०२-१० , समय : २०:५५:३० , १० महिना अगाडि