ओमसतिया गाउँपालिकाको १४ औं अधिवेशन सुरु

रुपन्देही खबर , ३२९  पटक हेरिएको

भैरहवा,माघ २७

ओमसतिया गाउँपालिकाको १४ औं अधिवेशन शनिबारदेखि सुरु भएको छ । १४ औं गाउँसभाले १३ औं अधिवेशनमा पेश भएका केही योजनाहरुलाई संशोधन गर्ने प्रस्ताव राखेको छ ।

पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले गत बर्षको अनुमानित नगद मौज्दात रकमको तुलनामा यथार्थ मौज्दात रकम बढी देखिएकोले केही योजना तथा कार्यक्रमहरु थप गर्नु परेको र केही योजना तथा कार्यक्रमहरुलाई संशोधन गर्नुपरेको बताउनु भएको छ ।

उहाले चालु खर्च, पूंजिगत खर्च र बित्तिय ब्यवस्थाको रकम समेत गरि गत अधिवेशनमा पेश भएको ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयालाई संशोधन गर्दै यस अधिवेशनबाट ४८ करोड ५० लाख ८१ हजार १ सय ७ रुपैया पेश गर्नु भएको छ। । चौधरीले वडा स्तरबाट नै केही योजनाहरु परिवर्तन गरिएको र यसलाई छलफलबाट पारीत गरिने जानकारी दिनु भएको छ ।

ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) को अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख रुपा थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-१० , समय : १८:३७:०४ , ९ महिना अगाडि