सम्मरीमाइ ६ मा आठौैं खेलकुद महोत्सव २०८० बुधबारदेखि सुरु

उर्मिला यादव यात्री , १०६२  पटक हेरिएको

मर्चवार ,माघ २५

प्राइभेट एसोसिएसन अफ मर्चवार इङलिस स्कुल रुपन्देहीको आयोजनामा बुधबारदेखि मर्चवार लाइट इङलिस बोर्डिङ स्कुल सम्मरीमाइ ६ मा आठौ खेलकुद महोत्सव २०८० सुरु भएको छ । सम्मरीमाइ गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष तौलन केवटको प्रमुख आतिथ्यता तथा प्राइभेट एसोसिएसन अफ मर्चवार इङलिस स्कुल रुपन्देहीको अध्यक्ष जितेन्द्र सिंहको अध्यक्षतामा खेलकुद महोत्सव सुरु भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै सम्मरीमाइ गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष तौलन केवटले बिद्यालय स्तरीय प्रतियोगिताले बिद्यार्थीहरुमा पढाइसंगै खेलकुद प्रति रुचि र उत्साह जाग्ने भएकाले यस्ता प्रतियोगिता हुुनुपर्ने बताउनु भएको छ । उहाले बजेटको अभावमा बिद्यालय स्तरीय प्रतियोगितामा सहयोग गर्न नपाएको बताउदै आगामी दिनमा नया योजनाका साथ सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले आफुले शैक्षिक क्षेत्रको बिकास लगायत बिद्यालयहरुमा पोसाक बितरण , कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई कम्युटर शिक्षा प्रदान गर्ने उदेश्यले काम गर्दै आएको बताउनु भएको छ । प्राइभेट एसोसिएसन अफ मर्चवार इङलिस स्कुल रुपन्देहीका अध्यक्ष जितेन्द्र सिंहले बोल्दै यो आठौ खेल महोत्सव बिबिध कारणले गर्दा सोचे अनुरुप गर्न नसकिएको बताउनु भएको छ । उहाले आउने दिनमा यो खेल महोत्सवलाई अझै भब्यरुपमा मनाउने प्रतिबद्धता गर्नु भएको छ । उहाले प्रतियोगितामा सहभागी बिद्यार्थीहरुलाई खेलको नियमको पालना गर्दै खेल खेल्न आग्रह गर्नु भएको थियो ।


कार्यक्रममा खेल समिती संयोजक तथा संस्थाका कोषाध्यक्ष राजेश बरईले बोल्दै बिद्यार्थीहरुमा पढाइ संगै खेलकुदको समेत उत्तिकै महत्वपुर्ण भुमिका रहेकोले यस्ता प्रतियोगिता हुन आवश्यक रहेकोमा जोड दिनु भएको छ । उहाले मर्चवारमा यो प्रतियोगिता आठ बर्ष देखि हुदै आएको र यसलाई निरन्तरता दिदै लैजाने समेत बताउनु भएको छ । यस्तै गरी खेल समितीका रेफ्री सर्वेन्दर कुमार मौर्याले खेल प्रतियोगितामा कुनै पनि समस्या आएमा खेल समितीबाट समाधान गरिने बताउनु भएको थियो ।

हरिन्द्र कुमार मौर्याको स्वागत मन्तब्य रहेको कार्यक्रममा मर्चवार लाइट इङलिस बोर्डिङ स्कुलको शिक्षिका पार्वती चौधरी , संस्थाका उपाध्यक्ष इन्सान अली फकिर,संस्थाका मर्चवार निजी अंग्रेजी बिद्यालय संघ रुपन्देहीका पुर्व अध्यक्ष गंगाराम गुप्ता लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रम संचालन सुकराम यादव गर्नु भएको थियो ।

मर्चवारको १८ बिद्यालयको सहभागिता रहेको खेलकुद प्रतियोगितामा बुधबार दुई खेल भएका छन । भने खेल तीन दिन सम्म चल्ने आयोजकले जनाएको छ , । प्रतियोगितामा ३ सदस्यीय खेल समिती समेत गठन गरिएको छ जसको संयोजकमा प्राइभेट एसोसिएसन अफ मर्चवार इङलिस स्कुल रुपन्देहीका अध्यक्ष राजेश बरई रहनु भएको छ भने सदस्यमा शिवशक्ति बोर्डिङका प्रध्यानाध्यापक बिनेश्वरी कोहार र नेपाल आर्दशका प्रध्यानाध्यापक कृष्ण यादव रहनु भएको छ । यस्तै गरी खेलको रेफ्रीमा सुर्दशन यादव,सर्वेन्द्र कुमार मौर्या रहनु भएको छ ।

प्रकाशित मिति: २०२४-०२-०८ , समय : ०६:५१:२५ , १० महिना अगाडि