रुपन्देहीको रोहिणी ६ पर्सामा कम्बल वितरण

रुपन्देही खबर , २६२  पटक हेरिएको

भैरहवा,माघ १६

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ मा कम्बल वितरण गरिएको छ । वडा नम्बर ६ स्थित पर्सामा आयोजित एक कार्यक्रमकाबीच विपन्न, गरीब तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

चिसो मौसमलाई मध्यनजर गरेर १८२ थान कम्बल वितरण गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ । उहाले भन्नु भयो , ‘चिसो मौसमबाट बच्न नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो ।’

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी, गाउँपालिकाका शाखा अधिकृत कर्ण बहादुर क्षेत्री, समाजसेवी, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०१-३० , समय : २१:४३:१५ , ९ महिना अगाडि