राम सुमेर ठाकुरको अध्यक्षतामा जनमत पार्टी मर्चवारी २को वडा समिति गठन

रामभवन मौर्या , ९२६  पटक हेरिएको

मर्चवार माघ १३

जनमत पार्टी मर्चवारी गाउँपालिका वार्ड नं २ रूपन्देहीको वडा अधिवेशनले राम सुमेर ठाकुरको अध्यक्षतामा साधारण सदस्य वडा समिति निर्वाचित गरेको छ ।जसको
महिला उपाध्यक्षमा ज्ञानमती हरिजन, सचिवमा रघुबर सहानी, कोषाध्यक्षमा सीताराम केवट र सहसचिवमा असर्फी हरिजन निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै गरि सद्स्यहरूमा शिल्पा गुप्ता , प्रधान मौर्या,शिवकुमार कहार , दिपेन्द्र ढाडी ,बन्दनी ढाडी, किसमति केवट, सन्ध्या ढाडी मोजनयन निशा रहनु भएका छ्न ।

मर्चवारी गाउँपालिकाका कार्यपालिकाको सद्स्य तथा जनमत पार्टीको सदस्य राम सुमेर ठाकुरको अध्यक्षता तथा जनमत पार्टीको केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा वडा अधिबेशन सम्पन्न भएको हो ।
कार्यक्रममा मर्चवारी गाउँपालिका वडा न. १ का वडाअध्यक्ष राजु यादव, वार्ड न.२ का गुड्डु मौर्याको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य निर्मला हरिजनको स्वगत मन्तब्य रहेको थियो भने कर्यक्रममा जनमत पार्टीका प्रदेश सद्स्य आनुरागनाथ शुक्ला, जनमत पार्टीका केन्द्रिय सद्स्य कृष्ण कोहार,राकेश चौधरी,बिमला हरिजन आउने समयमा जनमत पार्टी जनताको लागि सधै तत्पर रहने बताउनु भएको थियो ।

अधिबेशन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सचीव यादव,जनमत पार्टी केन्द्रिय कार्यकारी सद्स्य रामकेश गुप्ता , मुरारी प्रजापति जनमत पार्टीका मुस्लिम समुदायका जिल्ला सयोजक अबल रहमत अलि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-२७ , समय : २३:११:५२ , १० महिना अगाडि