व्यक्तिगत घटना दर्ताकाे महत्व र अनिवार्यता सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

उत्तमकुमार थापा , ३६०  पटक हेरिएको

बझाङ, जेठ २७

व्यक्तिगत घटना दर्ताकाे महत्व र अनिर्णयता सम्वन्धि वडा स्तरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाकाे जयपृथ्वी नगरपालिकाले व्यक्तिगत घटना दर्ताकाे महत्त्व विषयमा नगर भित्रका विभिन्न वडाहरुमा अभिमुखिकरण गोष्ठी सञ्चालन गरेकाे हाे । आज वडा नम्बर २ मा रहेकाे वडा कार्यालयमा घटना दर्ता सम्वन्धि विभिन्न कार्यक्रमहरु गरेको थियाे ।

 

नगरपालिकाकाे सामाजिक सुरक्षा पञ्जिकरण शाखा चैनपुरकाे आयाेजनामा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर २ का सबै जनसमुदायहरु विद्यार्थी शिक्षक सामाजिक सुरक्षा भत्ता बुझ्ने लगायतकाे उपस्थिति रहेकाे थियाे ।

वडा कार्यालयकाे सभाहलमा सुरु भएको कार्यक्रममा वडा अध्यक्ष कलक खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा पञ्जिकरण शाखा प्रमुख नवीन खड्का सुचना अधिकारी सुमन बाेगटी लगायतका उपस्थिति रहेको थियो ।

पञ्जिकरण सम्वन्धि सुचना अधिकारी सुमन बाेगटीले सहजिकरण गर्दै जन्मदर्ता मृत्युु दर्ता लगायत यसकाे ऐन कानुन सम्वन्धि जानकारी गराउनु भएको थियाे । उहाले पहिले हामीले बुझेका थिएनौं केन्द्र बाटै घटना दर्ता हुने गर्थ्याे अहिले स्थानीय सरकार सञ्चालन भए सँगै पालीका हुँदै स्थान टाेलटाेलमा पुगेकाे र अहिले घटना दर्तामा सहजता हुँदै राम्रो भएको बताउनु भयो । बाेगटीले सबैलाइ समयमै घटना दर्ताहरु गर्न अनुराेध गर्नु भएको थियाे ।

 

सरकारले घटनाहरु दर्ता गर्नकाे लागि सचेतना जगाउन विभिन्न दिवस मनाउदै सबैको ध्यानाकर्षण गराउदै आएकाे वडा अध्यक्ष खड्काले बताउनु भएको छ । उहाले आफ्नो वडाका सबैलाइ सचेत नागरिकको पहिचान दिदै समयमै जन्म मृत्युु जस्ता घटनाहरु३५ दिन भित्र वडा कार्यालयमा आएर दर्ता गराउन अनुराेध गर्नु भएको थियाे ।

प्रकाशित मिति: २०२२-०६-१० , समय : १४:४९:३३ , २ वर्ष अगाडि