संचारमाध्यम सबलीकरणका लागि प्रदेश सरकार लागि परेको: गृहमन्त्री पाण्डेय

रुपन्देही खबर , ६८१  पटक हेरिएको

बुटवल,माघ १२

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले संचारमाध्यम सबलीकरणका लागि प्रदेश सरकार लागिपरेको बताउनु भएको छ । उहाले संचारमाध्यम नागरिकको ऐना भएको बताउदै सरकारलाई दिशा निर्देश गर्ने र नागरिकका आवश्यकता सरकारसम्म पुर्याउने काममा संचारमाध्ययम संवेदनशील भएर लाग्नुपर्ने बताउनु भएको छ ।संचारिका समूह नेपालले शुक्रबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय सम्पादक तथा व्यवस्थापकहरुका लागि संचारमाध्ययममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण  र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले संचारमाध्यम खुल्ने क्रम बढेको बताउदै त्यसको गुणस्तर बिस्तारमा समेत ध्यान दिन आग्रह गर्नु भएको छ । संचारमाध्ययममा ठूला दल, ठूला व्यक्ति, पद र प्रतिष्ठामा भएकाको मात्रै समाचार लेख्नु साटो समस्यालाई समाधान गर्ने खालका कुरालाई पनि ध्यान दिन सुझाब दिनु भएको छ ।


मन्त्री पाण्डेले संचारमाध्यममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवाललाई मूलप्रवाहीकरण गर्न आग्रह गर्दै पत्रकार महिलाहरुको उत्पादन र क्षमता बढाउन पनि पहल गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका बुटवल कार्यालय प्रमुख सोमनाथ सुवेदीले पत्रकारकारको व्यवसायिक सुरक्षाका लागि राज्यले सघाउनुपर्ने बताउनु भएको छ । उहाले पत्रकारका समाचार सामाग्री र प्रस्तुतीलाई लैंगिक र सामाजिक समावेशीमैत्री बनाउन पनि आग्रह गर्नु भएको छ ।

फ्रिमिडिया नेटवर्क एवं पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आफूबाटै लैंगिकताप्रतिको दृष्टिकोणलाई स्पष्ट पार्नुपर्ने बताउनु भएको छ । उहाले पत्रकार महिला तथा सिमान्तकृतहरु जातिय र लैंगिक रुपले आरक्षण मात्रै खोज्नुभन्दा क्षमता विकास गरेर आउन सुझाब दिनु भएको थियो ।

संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले संचारमाध्यमलाई लैंगिकमैत्री बनाउदै व्यवसायीक सुरक्षा र सवलीकरणका लागि सम्पादक र व्यवस्थापक सहितको कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।

अलर्ट इन्टरनेशनलका कन्ट्री डाइरेक्टर रविना श्रेष्ठले नागरिकलाई सुसुचित गर्ने र राज्यलाई दिशा निर्देश गर्ने पत्रकारहरुमा लैंगिकता र समावेशीकरणको बुझाइ स्पस्ट हुनुपर्ने बताउनु भएको छ ।

संचारिका समूह  नेपालका केन्द्रीय सल्लाहकार तथा सहजकर्ता बबिता बस्नेतले संचारमाध्ययमहरुको समाचार रुम, व्यवस्थापन र उत्पादित सामाग्रीलाई लैंगिकमैत्री र समावेशी बनाउन जरुरी भएको बताउनु भएको छ । पत्रकारहरु व्यवसायिक र पेशागत सुरक्षित हुनका लागि कार्यक्रमले सहयोग गर्ने बताउनु भयो ।

प्रशिक्षणमा लुम्बिनी प्रदेशका ८ जिल्लाका २५ जना सम्पादक तथा व्यवस्थापक महिला पुरुष सहभागी छन् ।

प्रकाशित मिति: २०२४-०१-२६ , समय : २२:२५:४५ , १० महिना अगाडि