रुपन्देही खबर , १४९ पटक हेरिएको
गैंडहवा, माघ १०
जिल्ला प्रशासन कार्यलय रुपन्देहीको आयोजनामा गैडहवा गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतको बारेमा धेरै समस्या जिल्ला प्रशासनमा आएकोले कानुनले दिएको आधारमा काम हुने बताउनु भएको छ । उहाले यसको सहजीकरणको लागि पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सचिव लगायतलाई दिएको अभिमुखिकरण तालिमले सेवाग्राहीलाई अब केही सहज हुने बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उकाकान्त चपाईले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र आदि सम्बन्धी अभिमुखीकरण तालिमले जनप्रतिनिधि र कर्मचारीले सेवा दिने कुरो सजिलो र सरल हुने र सेवाग्राहीलाई छिटोछरितो सेवा पाउने बताउनु भएको छ । तालिमबाट सहज काम हुनेमा आफू आशावादी रहेको बताउँदै उहाले वडा अध्यक्ष र सचिवले सेवाग्राहीलाई कुनै ब्यक्तिगत इश्यु नराखी काम गर्न अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका, कन्चन गाउँपालिका, सैनामैना नगरपालिकाका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, सचिव लगायतले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत नागरिकताको आवश्यकता धेरै नै हुने हुदा यो अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीलाई थप सजिलो हुने बताएका थिए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजना तथा गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका, कन्चन गाउँपालिका र सैनामैना नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रममा गैडहवा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले पनि आफ्नो धारणा राख्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-२४ , समय : १८:४२:३८ , १० महिना अगाडि